विकासप्रेमी राजदूत सिंहलाई पुण्य कार्यमा सहयाेग गर्न समुन्द्र पारले छेकेन
- गाउँ सहर संवाददाता
- १ चैत आइतबार, २०७७ | २१:३९:०० मा प्रकाशित

काठमाडाैँ । भनिन्छ गर्नेलाई जुन स्थान र जुन समय भएपनि छेक्दैन । यसकाे पछिल्लाे उदाहरण बनेका छन् प्राध्यापक डाक्टर महेन्द्रप्रसाद सिंह राजपुत ।
उनी साउदी अरेबियाका लागि नेपाली राजदूत हुन् ।
अर्थशास्त्री एवम् विकासविद् प्रा. सिंहकाे चारवर्षे कार्यकाल ०७८ जेष्ठमा सकिँदैछ तर उनकाे कार्य देख्दा लाग्छ उनी थप अवधिका लागि नियुक्त हुनैपर्छ । याे शब्द सबैकाे मुखबाट अहिले निस्कीरहेकाे छ ।
चारवर्षे कार्यकालको अन्तिम वर्ष अत्यन्तै दुःखदायी पनि रह्यो । कोरोना महामारीले विश्व थलिएको समयमा पनि नेपाल र साउदीको सम्बन्धमा कुनैपनि आँच आउन उनले दिएनन् । यतिसम्म कि उनले यहि समयमा पनि खान नपाउनेलाई खाना र विरामी अशक्तलाई आर्थिक सहयोग गर्न छुटाएनन् । कुनै कामदारकाे दुखेसाे सुन्न नपाउँदै स्थलमै गएर सेवा दिएकाे देख्दा लाग्थ्याे, यस्ता उदारपनि राजदूत हुन्छन् ।
सुन्दा र देख्दा लाग्थ्याे राजदूत ठूला हुन्छन्, सानाकाे कुरा सुन्दैनन् । तर याे शब्द अब फिर्ता लिनुपर्ने वाध्य बनाएका छन् राजदूत सिंहले । सबैकाे सामू हुँदै जनताकाे समस्यासँग पनि राजदूत सक्रिय हुने रहेछन् भन्ने उदाहरण प्रस्तुत गर्न सफल बनेका छन् राजदूत सिंह ।
साउदीका लागि नेपाली राजदूत प्रा. डा.महेन्द्रप्रसाद सिंह राजपुतले ४ महिने कलेजो रोगी बालिकालाई आर्थिक सहयोग गरेका छन् । भक्तपुरकी बिरामी बालिकाको कलेजो प्रत्यारोपणका लागि २५ हजार रुपैयाँ सहयोग गरेका थिए । परिवारमा तत्काल आउने संकटलाई टार्न आर्थिक सहयोग गरेको राजदूत प्रा. डा.राजपुतले बताए ।
उनले यसअघि साउदीमा तत्काल चलाएका दिलबहादुर घर्ती मगर बचाउ र प्रेम राई बचाउ अभियानलाई जनही ३० हजार रुपैयाँ, बिरामी धर्मनाथ पासवान र अचेत अवस्थामा साउदीमै उपचाररत चन्द्रश्वर मुखियालाई जनही १५ हजार रुपैयाँ सहयोग गरेका थिए ।
त्यसैगरी यसअघि राजदूत सिंहले धनुषा हंसपुर-७,का अस्पतालको लापरबाहीले मृत्यु भएका राजु सदा परिवारलाई ५० हजार रुपैयाँ सहयोग गरेका थिए । धनुषा हंसपुर-२ का वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवारलाई ४५ हजार रुपैयाँ सहयोग गरेका थिए । यस्तै उनले ललितपुरको कुसुन्तीस्थित बासुरी नाग गुठीलाई पनि २५ हजार रुपैयाँ सहयोग गरेका थिए ।
यस्तै राजदूत सिंहले काभ्रेपलाञ्चाेक जिल्ला पनौती नगरपालिका कुशादेवी ३ घिमिरे गाउँस्थित गौखुरेश्वर महादेव मन्दिर निर्माण कार्यमा भौतिक सल्लाह सुझाव सहित आर्थिक २१ हजार १ रूपैयाँ सहयोग गरेका थिए ।
राजदूत सिंहले राजदूत नियुक्त हुँदाकाे समयमा नै वर्षकाे एक लाख दिनदुखी, गरिब, अनाथ, अशक्त र अन्य कार्यमा सहयाेग गर्ने बचन लिएका थिए, जुन याे अवधिमा भनेकाे कुरा पूरा गरेका छन् । उनले अहिलेसम्म चारलाख भन्दा बढी सहयाेग सामाजिक र पराेपकारकाे कार्यमा गरिसकेका छन् ।
राजदूत सिंहले साउदीमा रहेसम्म आर्थिक कमजोर रहेका बिमारी, असहाय, पीडित लगायतकालाई प्रत्येक वर्ष १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । त्यस्तै राजदूत सिंहले प्रधानमन्त्री कोरोना सहयोग कोषमा समेत ६० हजार ६८० रुपैयाँ सहयोग गरेका थिए ।
धनुषा हंसपुर नगरपालिका-२ का स्थायी घर भएका राजदूत प्रा. डा. राजपुत हाल ललितपुरको कुसुन्ती-१, एकान्तकुनामा बसोबास गर्छन् । अर्थशास्त्रमा पीएचडी गरेका उनी त्रिभुवन विश्वविद्यालयका शिक्षा अध्यक्ष हुँदै ग्रामीण विकास शिक्षाकाे संस्थापक, आरआर क्याम्पसलगायत अन्य क्याम्पसहरुमा समेत प्रमुख रहिसकेका छन् । तत्कालीन सरकारको विभिन्न परियोजनाहरुमा संयोजक तथा सदस्यका रूपमा जिम्मेवारी पुरा गरेका राजदूत सिंहले अस्ट्रिया, चीन, फ्रान्स, जर्मनी, मकाउ, नर्वे, ओमान, स्विडेन, साउदी अरेबिया, स्विजरल्याण्ड, थाईल्याण्ड, भारत, संयुक्त राज्य अमेरिका लगायतको भ्रमण गरिसकेका छन् ।
राजदूत सिंह राजदूत भएर गएदेखि साउदीमा अवैधानिक भएर बसेका, सप्लार्यस कम्पनीमा पीडित भएका, घरेलु काममा फसेकाका महिला पुरुष, लगायत अन्य विभिन्न समस्या परेका झन्डै एक लाखको हाराहारीमा फर्काएको अनुमान छ । राजदूत सिंहको निरन्तर प्रयासबाट कोरोना महामारीकै क्रममा त्यहाँ काम गर्दागर्दै मृत्यु भएकाहरूको तलबभत्ता, बीमा, ब्लडमनी, जीवन बीमा र सर्भिस, बेनिफिट बापत पाउनुपर्ने रकम समेत पठाएका थिए । उनकै पहलमा साउदी सरकारले भूकम्प पीडितहरुका लागि झण्डै साँढे तीन अर्ब रुपैयाँ सहयोग गरेको थियो ।
साउदी अरेबिया र नेपालकाे सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनमा राजदूत सिंहकाे याेगदान अतुलनिय रहेकाे प्रवासी नेपाली र कुट्नीतिक वृत्तमा चर्चामा छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
प्राप्त प्रतिक्रिया
तपाइँकाे याेगदानकाे कदर भविश्यमा पनि हुनै पर्छ ।
Paropakari Dr. sab, namaskar...
सबैकाे प्रिय बन्न सक्नुहाेस् शुभकामना ।।
साउदी अरेबिया र नेपालकाे सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनमा राजदूत सिंहकाे याेगदान अतुलनिय
Desh lai ucho rakhne dr. singlai salam....
सेवा नै धर्म हाे, तपाइँलाइ धेरै धेरै धन्यवाद डा साव ।
good job Dr. sab, keep it up.
प्रतिकृया दिनुहोस