वातावरण

शुक्रबार, थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयाङसहित वर्षा

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागका केहि स्थानहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार फाल्गुन २८ गते (शुक्रबार) दिउँसो देशभरी आंशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशभरी आंशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता