काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा कोभिड–१९ का ९७ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा चार हजार ४८४ जनाको पीसीआर परीक्षण गरिएकोमा ९७ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ७० पुगेको छ ।
त्यस्तै, पछिल्लो घण्टामा ६६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७१ हजार ११६ पुगेको छ ।
हाल देशभर ९४२ जना आइसोलेसनमा र ५९ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म देशमा कोरोनाका कारण तीन हजार १२ जनाको मृत्यु भइसकेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस