प्रधानमन्त्री ओलीले लगाए काेराेनाविरूद्ध खोपकाे पहिलाे मात्रा, ६५ वर्षमाथिकालाई पनि शुरू
- गाउँ सहर संवाददाता
- २३ फाल्गुण आइतबार, २०७७ | १३:४०:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर दोस्रो चरणको खोप अभियानको शुभारम्भ गरेका छन् । साथमा प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यले पनि खोप लगाएकी छन् ।
साे अवसरमा प्रधानमन्त्री ओलीले सबैलाई खोप उपलब्ध भएकोले ढुक्कले खोप लगाउन आग्रह गरे ।
प्रधानमन्त्रीले त्रिवि शिक्षण अस्पतालमा पुगेर सो खोप लगाएका हुन् ।
दोस्रो चरणको अभियानअन्तर्गत आजदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ । हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, मनत्री लेखराज भट्ट तथा प्रधानमन्त्रीका सल्लाहकारहरु र स्वकीय सचिवालयमाकार्यरतहरुले पनि खोप लगाएका थिए ।
दोस्रो चरणमा करिब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने र खोप अभियान ६ हजार खोप केन्द्रबाट सञ्चालन हुनेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस