प्रचण्ड र माधवकुमार नेपाल देउवाकाे घरमा देउसी खेलिरहेका छन् : ढुंगेल
- गाउँ सहर संवाददाता
- १५ फाल्गुण शनिबार, २०७७ | २१:४७:०० मा प्रकाशित
रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले नेकपाका केही नेताहरू प्रधानमन्त्री केपी शर्माकाे बिरूद्ध लागेर कांग्रेस सभापती शेरबहादुर देउवाकाे घरमा प्रधानमन्त्री बन्दिनुस् भन्दै देउसी खेलिरहेकाे बताएका छन् ।
नेकपा ओली समूहले रामेछापकाे दाेरम्बा गाउँपालिकाकाे टाेकरपुरमा आयाेजित कार्यक्रममा मन्त्री ढुंगेलले भने,- "काम गर्न नदिएपछि प्रधानमन्त्री ओलीले निर्वाचन घाेषणा गरेका हुन् । मुलुकमा आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री हुनुहन्छ तर प्रचण्ड र माधव कुमार नेपाल शेरबहादुर देउवाकाे घरमा प्रधानमन्त्री बन्दिनुस् भन्दै देउसी खेलिरहेका छन् ।"
.jpg)
पदी लालचाले केही नेताहरूमा कुण्ठा जागेकाेकाले नेकपामा विवाद देखिएकाे बताउँदै मन्त्री ढुंगेलले दिल्लीमा पानी पर्दछ काठमाडाैंमा केहि नेताहरू छाता ओढिरहेकाे बताए ।
ढुंगेलले नेकपाकाे विकल्पमा अर्काे सरकार बन्न नसक्ने र प्रधानमन्त्री पनि परिवर्तन नहुने बताए ।
दावा सङ्बु शेर्पाकाे सभापतित्वमा भएकाे कार्यक्रममा माधव ढुंगेल, कमलप्रसाद चौलागाई, रत्न प्रसाद गौतम, ज्ञानकुमार लामा, रामकृष्ण लामा, तुलप्रसाद कँडेल, आनन्द श्रेष्ठ, ङिडोमा शेर्पा, प्रेम तामाङ्ग लगायत नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
प्रतिकृया दिनुहोस