दिगोविकास

महिला लघुवित्तको आईपीओकाे शेयर १५ लाख २,५३५ जनाको हात खाली, तपाइँलाई पर्‍यो ?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँड भएको छ ।

बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका अनुसार सर्वसाधारणमा बिक्री गरेको आइपीओ आज कम्पनीको कार्यालयमा बाँडफाँड गरिएको हो ।

कुल आवेदकमध्ये गोलाप्रथाबाट ३७ हजार ५०० जनाले १० कित्ता आइपीओ हात पारेका छन् ।

लघुवित्तको आइपीओमा १५ लाख ४० हजार ३५ जना आवेदकबाट २ करोड ३७ लाख ४७ हजार ५९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो ।

लघुवित्तका १५३ जना कर्मचारीलाई ५ हजार कित्ता शेयर बाँडफाँट गरिएको छ । त्यसैगरी सामुहिक लगानी कोषका लागि २० हजार कित्ता बाँडफाँट गरिएको छ ।

लघुवित्तमै हालसम्मकै धेरै भरिएको आईपीओ सीमित संख्यामा निष्काशन भएको थियो । उच्च आवेदनका कारण जम्मा साढे २ प्रतिशत आवेदकले मात्रै आईपीओ पाएका हुन् ।

३ हजार ३५३ आवेदकको आवेदन रद्ध भएका थिए ।

लघुवित्तले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गरेको थियो ।

लघुवित्तले जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

मेरो शेयर, कम्पनीको वेबसाइट र बिक्री प्रबन्धकको वेबसाइटमा गइ नतिजा हेर्नसक्नेछन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत