गाउँ सहर

बुटवलमा नेता चन्द्र भण्डारीले भने ‘विकास गर्न बीपी, मदनभण्डारी, किसुनजी, पुष्पलाल, गिरिजाप्रसादलाई खोज’

बुटवल । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विकासका मुद्धामा राजनीति नगर्न आग्रह गरेका छन् ।

अाज हुंगेली सम्पर्क समाज रुपन्देहीको प्रथम साधारणसभाको उद्घाटन गर्दै भण्डारीले समृद्धिका सपना पुरा गर्न सबैको सहकार्य हुनुपर्ने बताए । 

राजनीति भोटकाे बेलामात्रै गर्न आग्रह गर्दै उनले नेपालमा सबै क्षेत्रमा राजनीति हुँदा अस्तब्यस्त बन्दै भएकोले अत्यधिक राजनीति नगर्न नागरिकलाइ आग्रह समेत गरे ।

उद्घाटन कार्यक्रममा उनले भने ‘यहाँ त माक्र्स कहाँ जन्मेका हुन्, माओ कहाँ जन्मेका हुन् ,लेलिन कहाँ जन्मेका हुन् भन्दै त्यसका निम्ती झगडा गरेर पार्टी मिल्छ की मिल्छकी भनेको मारमार हुन्छ’, ‘रसियामा लेलिन हराइसके, नेपालमा लेनिन खोज्दै छन् । यसरी नेपाल बन्छ ? भन्दै नेपालमा विकास गर्न बीपी लाई खोज उनी नेपालमा जन्मेका हुन् । त्यस्तै मदनभण्डारी, किसुनजी, पुष्पलाल, गिरिजाप्रसादलाई खोज तब पो समाज रुपान्तरण हुन्छ ।’

 

तपाईँको मत