अबदेखि कोरोना परीक्षणको शुल्क घट्याे
- गाउँ सहर संवाददाता
- २९ माघ बिहीबार, २०७७ | ०८:५९:०० मा प्रकाशित

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस(कोभिड–१९) बाट सङ्क्रमितहरूको उपचार सरकारी अस्पतालमा मात्र निःशुल्क हुने जनाएको छ । निजी क्षेत्रको अस्पतालमा समेत कोरोना परीक्षणको शुल्क घटेको छ ।
सङ्क्रमितहरूको सङ्ख्या दिनहुँ घट्न थालेपछि मन्त्रालयले कोरोनाको उपचार सरकारी अस्पतालमा मात्र निःशुल्क हुने स्पष्ट पारेको हो । ‘‘अबदेखि निजी क्षेत्रका अस्पतालहरूको बिल सरकारले भुक्तानी दिँदैन । ’’ मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सङ्क्रमितको सङ्ख्या घटेकाले सरकारी अस्पतालमा मात्र उपचार गर्दा निःशुल्क हुने जानकारी दिए ।
गौतमका अनुसार मन्त्रालयले कोरोना परीक्षणको शुल्क पनि दुई हजारबाट घटाएर एक हजार मात्र पु¥याएको छ । अबदेखि कोरोना परीक्षणको शुल्क सरकारी तथा निजी प्रयोगशालामा एक हजार तिर्दा हुन्छ ।
यसअघि सूचीकृत निजी अस्पताल तथा मेडिकल कलेजहरूमा भर्ना भई उपचार गरेकाहरूको हकमा बुधबारबाट १० दिनसम्मको मात्रै सोधभर्ना गर्नेछ । प्रवक्ता गौतमका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीको उपस्थितिमा बसेको आईसीएस कमाण्ड बैठकले कोरोनाको उपचारका लागि सूचीकृत निजी अस्पताल तथा मेडिकल कलेजबाट गर्ने प्रक्रियासमेत स्थगित गरी सरकारीमा मात्रै गर्ने निर्णय गरेको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस