गाउँ सहर

माघ ३० गते सार्वजनिक विदा

काठमाडाैं । सरकारले आगामी माघ ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । यस वर्ष तामाङ र शेर्पाहरुले मनाउने सोनम र ग्याल्वो ल्होसार एकै दिन अर्थात माघ ३० गते परेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद बैठकले बिदा दिने निर्णय गरेको हाे । 

नेपाल तामाङ घेदुङले सरकारसँग पटकपटक सोनाम ल्होछारमा बिदा दिन ध्यानाकर्षण गराउँदै आएको थियो ।

सरकारले केही वर्ष अघिसम्म सोनाम ल्होछारमा बिदा दिए पनि पछिल्ला वर्षमा बिदा कटौती भएको थियो ।

गाउँ सहर संवाददाता