स्वास्थ्य

बिहीबार १ लाख ५८ हजार ४८७ जनाले लगाए कोरोना खोप, पहिलाे चरण शनिबार सकिने

काठमाडौँ । नेपालमा कोभिड खोप अभियान अन्तर्गत बिहिबार १ लाख ५८ हजार ४८७ जनाले कोरोना खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलयका अनुसार पहिलो चरणको खोप अभियान माघ २४ गते शनिबारसम्म चल्नेछ ।

उसले भनेको छ- खोप सेवा लिनबाट बञ्चित हुन नदिन नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिंग काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद, नेपाल आयुर्वेद मेडिकल काउन्सिल र नेपाल फार्मेसी काउन्सिलको दर्ता प्रमाणपत्र र फोटोसहित लिइ आएमा सम्बन्धित खोप केन्द्रले खोप लगाउने व्यवस्था मिलाउन सूचीत गरिन्छ ।

गाउँ सहर संवाददाता