आम हडतालले जनजीवन प्रभावित, अबराेध गर्नेलाई बिहानैदेखि धरपकड
- गाउँ सहर संवाददाता
- २२ माघ बिहीबार, २०७७ | १०:१८:०० मा प्रकाशित
.jpeg)
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समुहले घोषणा गरेको आम हड्तालको कारण बिहानैदेखि काठमाडौं उपत्यकालगायत देशभरका मुख्य मुख्य शहरहरूमा प्रभाव परेकाे छ ।
बिहानैदेखि सार्वजनिक सवारी साधनन चलेका छैनन्। मानिस हिँडेर नै गन्तब्यतिर लागेका देखिन्छन्। ठाउँ ठाउँमा प्रर्दशनकारी भेला भएर नाराबाजी गरेका छन् । मानिस भेला भएर शान्तिपूर्ण नाराबाजी गर्नेलाई प्रहरीले निगरानी गरेको छ भने बन्द आह्वान गर्दै हिँड्ने पक्राउ परेका छन् ।
सडक सुनसान देखिएका छन् । अत्यावश्यक सेवाका सवारी साधनबाहेक निजी तथा सार्वजनिक सवारी साधन चलेका छैनन् ।
संवैधानिक आयोगहरुमा नियुक्तिको विरोध गर्दै नेकपा प्रचण्ड–माधव समूहले आज आम हड्ताल घोषणा गरेको छ ।
काठमाडौं उपत्यकाभित्र बाक्लो रुपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । काठमाडौं उपत्यकालाई विषेश राखेर सुरक्षा व्यवस्था मिलाइएको छ। लामो समयपछि ठूलो राजनीतिक दलले यसरी बन्दको घोषणा गरेकाले सुरक्षा रणनीति पनि त्यही अनुसार तयार पारिएको छ ।
शान्तिपूर्ण आन्दोलन गर्ने समूहलाई केही नगर्ने तर तोडफोड, आगजनी अवरोध गरे तत्कालै नियन्त्रणमा लिने सुरक्षाा रणनीति देखिएको छ ।
यसैबीच, गृह मन्त्रालयले प्रचण्ड–माधव समूहले आह्वान गरेको आम हड्तालप्रति ध्यानाकर्षण भएको भन्दै संविधान र प्रचलित कानुन विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, सार्वजनिक यातायात सञ्चालनमा अवरोध नगर्न आग्रह गरेको छ ।
शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी गरे कारबाही गर्ने मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै चेतावनी दिएको छ । मन्त्रालयले उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिन सुरक्षा व्यवस्था मिलाइएको भन्दै निर्वाध आफ्नो काम पूर्ववत सञ्चालन गर्न आग्रह गरेको छ । तस्बिर-लेखबहादुर कार्की

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
प्रतिकृया दिनुहोस