स्वास्थ्य

बुधबार १ लाख ४५ हजार ८४४ जनाले लगाए कोरोनाविरूद्धकाे खोप

काठमाडौँ । बुधबार देशभरका २०१ वटा खोप बुथबाट १ लाख ४५ हजार ८४४ जनाले लगाए कोरोनाविरूद्धकाे खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसरी खोप लगाउनेहरुमा प्रदेश १ मा २० हजार १५५, प्रदेश २ मा १९ हजार ६६३, बागमतीमा ५० हजार ७५०, गण्डकीमा १६ हजार ४९५, लुम्बिनीमा २१ हजार ४५४, कर्णालीमा ७ हजार ३२६ र सुदूरपश्चिममा १० हजार १ जना रहेका छन् ।

गाउँ सहर संवाददाता