कांग्रेसद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा, १३ भ्रातृ संगठनको म्याद ६ महिना थप
- गाउँ सहर संवाददाता
- १३ माघ मंगलबार, २०७७ | २०:०८:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो । कांग्रेसले माघ १९ गते पार्टीनिकट भ्रातृ संस्थाहरुले ७७ वटै जिल्लामा विरोध प्रदर्शन र विरोधसभा गर्ने, माघ २४ गते पार्टीका शुभेच्छुक संस्थाहरुले ७७ वटै जिल्लामा संयुक्त रुपमा विरोध प्रदर्शन तथा सभा गर्ने र माघ ३० गते कांग्रेस जिल्ला कार्य समितिको आयोजनामा जिल्ला सदरमुकाममा विरोध सभा तथा प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । पार्टी केन्द्रले घोषणा गरेको कार्यक्रमसँगै जिल्ला समिति र भ्रातृ संगठनहरुले आवश्यकताअनुसार कार्यक्रम गर्नसक्ने निर्णय गरेको पनि उनले बताए ।
नेपाली कांग्रेसले भ्रातृ संगठनहरुको म्याद ६ महिना थपेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले ११ वटा भ्रातृ संघको म्याद थप गरेको हो ।
जसअनुसार नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको मितिले ६ महिना म्याद थप हुनेछ ।
बैठकले नेपाली जनसम्पर्क समिति कतार, वहराइन, मलेसिया र साउदी अरबबाट प्राप्त क्रियाशील सदस्यतालाई स्वीकृत गरेको छ । साथै नेपाली जनसम्पर्क तदर्थ समिति माल्टालाई आवद्धता प्रदान गरेको छ भने जनसम्पर्क समिति युएईको विधान स्वीकृत गरेको छ । यस्तै ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी नेपाली जनसम्पर्क समिति इजरायलको कार्यकाल थप गर्ने निर्णय भएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ७४ जिल्लामा समायोजन सकिएको छ । त्यसमध्ये सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, पर्सा, बाँकेलगायतका जिल्लाको केही स्थानको पुनरावलोकन आएको छ । साथै सप्तरी, बारा र सिन्धुपाल्चोकको समायोजन बाँकी छ । बैठकले समायोजनसम्बन्धी बाँकी काम यथाशीघ्र सम्पन्न गर्न केन्द्रीय निर्वाचन समितिलाई निर्देशन दिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हरियाली बाटाेमा शेयरबजार, लगानीकर्तामा थपियाे उत्साह
- साउने संक्रान्ति : लुतो फ्याँक्ने चलन, किन फालिन्छ लुतो नयाँ पुस्तालाई थाहै छैन्
- बिर्सनुभयाे कि -बीपी राजमार्गमा आजदेखि राति १२ घण्टा यातायात सञ्चालन नहुने
- आर्थिक वर्षकाे अन्तिम दिन नेप्से परिसूचक २८ सय नजिक, काराेबार रकममा वृद्धि
- बैंकहरूले साउन महिनाका लागि घटाए ब्याज दर, बैंकमा पैसा थुप्रियाे
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस