ओलीले घुँडा टेक्नुको विकल्प छैन : खनाल
- गाउँ सहर संवाददाता
- ९ माघ शुक्रबार, २०७७ | १६:००:०० मा प्रकाशित

काठमाडाैं । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीले घुँडा टेक्नुको विकल्प नभएको पनि बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले ओलीले जबसम्म घुँडा टेक्दैनन् त्यसबेलासम्म आन्दोलन जारी राख्ने बताएका हुन् ।
ओलीले असंवैधानिक तरिकाले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेकोले जनता आन्दोलनमा उत्रिएको उनको भनाइ थियो ।
खनालले ओलीलाई पार्टी अध्यक्षबाट हटाइसकिएको र पार्टीकाे साधारण सदस्यबाट निष्कासन गर्ने तयारी रहेको बताए ।
नेकपामाको आधिकारिक हो सडकमा आएर हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
आफ्नो समूहले काठमाडौंमा शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै खनालले भने, ‘कुन पार्टी आधिकारिक हो ? सडकमा आएर हेर्न केपी ओलीलाई निम्ता गर्न चाहन्छु ।’
ओलीले प्रतिक्रान्तिको थालनी गरेको भन्दै खनालले उनको कदमलाई सफल हुन नदिइने पनि बताए । उनले भने, ‘यो संविधान विरोधि, लोकतन्त्र विरोधी घटना हो । केपी ओलीले प्रतिक्रान्तिको थालनी गरेका छन् । देशलाई अस्थिरतामा लैजाने थालनी भएको छ । देशलाई अस्थिरतामा जानबाट बचाउनु पर्छ ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस