आज यी ९ ठाउँबाट नेकपा दाहाल-नेपाल समूहको जुुलुस निस्कदा ट्राफिक जाम हुन सक्छ, वैकल्पिक बाटाे अपनाउनुस्
- गाउँ सहर संवाददाता
- ९ माघ शुक्रबार, २०७७ | ०९:२४:०० मा प्रकाशित

काठमाडाैं । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा दाहाल नेपाल समूहको केन्द्रीय संघर्ष समितिले आज (शुक्रबार) काठमाडौंमा विरोध प्रदर्शन गर्न लागेकाे छ ।
उक्त समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको हाे । नेकपाले निकाल्ने बिराेध जुलुशले केही समय ट्राफिक व्यवस्थापनमा समस्या हुने देखिएकाे छ । एकसाथ काठमाडौंका विभिन्न स्थानबाट निस्कने जुलुसले विशेष गरि रत्नपार्क वरिपरिका सडकमा घण्टौंसम्म ट्राफिक जाम हुँदा बाटोमा गुडिरहेका सवारी साधनले सास्ती खेप्नु पर्ने देखिन्छ ।
स्थायी कमिटी सदस्य सहितका नेताहरूको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज,शान्तिवाटिका, वाल्मिकि क्याम्पस लगायतका स्थानबाट जुलुस निस्किने जनाइएकाे छ ।
त्यसैगरी, उपत्यकाका विभिन्न ठाउँबाट निस्किएका जुलुस रत्नपार्कमा जम्मा भई मुख्य जुलुसमा परिणत हुने उनले बताए ।
मुख्य जुलुस पार्टी अध्यक्षद्वय प्रचण्ड र नेपालको नेतृत्वमा रत्नपार्क, सुन्धारा, भद्रकाली, पुतली सडक हुँदै भृकुटीमण्डपमा विरोध सभामा परिणत हुने उनले जानकारी दिए ।
विरोध प्रदर्शनमा सहभागी हुन नेकपाका प्रचण्ड-नेपाल पक्षका कार्यकर्ता काठमाडौं आएका छन् । काठमाडौं उपत्यका नजिक रहेका जिल्लाका कार्यकर्ता प्रदर्शनका लागि आएका छन् ।
प्रचण्ड-नेपाल पक्षले आजको विरोधमा एक लाख कार्यकर्ता उतार्ने दाबी गरेका छन्। केही दिनअगाडि प्रचण्डले कार्यकर्तालाई सक्रिय हुन निर्देशन दिएका थिए।
यसैबीच प्रचण्ड-नेपाल समूहले मर्यादित नारा मात्रै लगाउन निर्देशिका नै जारी गरेको छ। प्रतिनिधि सभा विघटनको निर्णय नसच्चिएसम्म आन्दोलन गरिराख्ने उनीहरूले बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित छ तर कानुनी रूपमा फुटिसकेको भने छैन । नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल गरी दुइटा समूहले भिन्नभिन्न कार्यक्रम गरिरहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस