१० लाख डोज कोरोना खोप नेपाललाई हस्तान्तरण
- गाउँ सहर संवाददाता
- ८ माघ बिहीबार, २०७७ | १३:०१:०० मा प्रकाशित

काठमाडौं । नेपाललाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोरोना खोप आज हस्तान्तरण गरेको छ ।
भारतबाट हवाइ मार्गबाट ल्याइएको कोरोनाको खोप बजे काठमाडौमा आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यी खोपहरु हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले भारतले उपलब्ध गराएको कोरोना बिरुद्धको खोप पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलगायत सुरक्षाकर्मी र सफाइकर्मीहरुलाई दिइने जानकारी बुधबार भएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
नेपालको ७२ प्रतिशत जनसंख्यालाई खोप दिने तयारी सरकारले गरेको छ । सरकारले खोप आएको सातदिनमा खोप लागाउने व्यवस्था गरेको र खोपका लागि आवश्यक कानुनी, आर्थिक र प्राविधिक तयारी पुरा भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपाललाई प्राप्त खाेप प्राथमिकताका आधारमा लगाइनेछ । गौतमका अनुसार स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्ति, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा नगरपालिकाबाट खटाइएका सफाइकर्मीलाई सुरुमा खोप दिइनेछ ।
यस्तै कोरोनाको जोखिममा रहेका व्यक्तिहरूलाई चरणबद्ध रूपमा खोप दिइने उनले बताए । यस्तै फ्रन्ट लाइनमा खटिने प्रहरी, शिक्षकलगायतका व्यक्तिलाई प्राथमिकताका आधारमा खोप दिन लागिएको छ ।
खोप नलगाउने समूहमा भने एलर्जीको समस्या भएका व्यक्ति पर्छन् । यस्तै गर्भवतीलाई खोप लगाउनु हुँदैन । खोपको पहिलो मात्रा लगाएपछि एलर्जी देखियो भने पनि दोस्रो मात्रा लगाउनु हँुदैन । खोप लगाउने समयमा ज्वरो आएको भएमा पनि यो खोप लगाउन नहुने जनाइएको छ । सिरमका अनुसार रगतसम्बन्धी रोग भएका, रगत पातलो बनाउने औषधि लिइरहेका र रोग प्रतिरोध क्षमता बढाउने औषधि लिइरहेका व्यक्तिहरूले कोभिसिल्ड खोप लगाउन हुँदैन ।
यसैगरी पहिला कोरोनाको अन्य कुनै खोप लगाएको छ भने पनि कोभिसिल्ड नलगाउन भनिएको छ । यो खोपको परीक्षण १८ वर्षभन्दा मुनिका व्यक्तिमा नभएकाले उक्त उमेर समूहलाई पनि यो खोप दिन नहुने जनाएको छ । कोभिसिल्ड खोप लगाएपछि कोही कोहीलाई खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने, रातो देखिने, चिलाउने जस्ता सामान्य असर देखिने जनाइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्राप्त प्रतिक्रिया
म चाहिँ न लगाउने पक्षमा छु है। जति आए पनि। अहिले आफ्नो शरिरमा ट्रायल नगरौ होला
प्रतिकृया दिनुहोस