प्रतिनिधिसभा विघटन कदमविरुद्ध रामेछापका आठै स्थानीय तहमा एकसाथ बिराेध प्रदर्शन
- गाउँ सहर संवाददाता
- ३ माघ शनिबार, २०७७ | १९:४६:०० मा प्रकाशित
.jpeg)
रामेछाप । प्रतिनिधिसभा विघटनबिरूद्ध शनिबार नेपाली कांग्रेसले देशैभरका ७ सय ५३ वटा स्थानीय तहमा एकसाथ विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंबैधानिक कदमको विरोध गर्दै कांग्रेसले देशभरका सबै स्थानीय तहमा बिराेध कार्यक्रम आयोजना गरेको हो ।
रामेछाप जिल्लामा पनि ८ वटै स्थानीय तहमा विरोध सभाहरु सम्पन्न भएका छन् ।
साे क्रममा मन्थली नगरपालिकामा पार्टी सचिव लेखबहादुक कार्की, रामेछाप नगरपालिकामा पार्टी कोषाध्यक्ष कुमार श्रेष्ठ, खाँडादेवी गाउापालिकामा महासमिति सदस्य बीरबहादुर तामाङ, गोकुलगंगा गाउपालिकामा पार्टी सभापति लवश्री न्यौपाने, उमाकुण्ड गाउँपालिकामा पार्टी सचिव विष्णु बस्नेत, दोरम्बा गाउँपालिकामा महासमिति सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम), सुनापति गाउँपालिकामा पूर्वपार्टी सभापति रामचन्द्र खड्का, लिखु तामाकोशी गाउँपालिकामा कृष्णबहादुर महतको प्रमुख आतिथ्यतामा कार्यक्रमहरू सम्पन्न भएका छन् ।
कार्यक्रममा नेताहरूले ओलीकाे कदमकाे विरुद्ध गरेकाे छन् । सभाअघि जुलुशले ओलीबिरूद्ध चर्का नारा लगाउँदै बिरोध जनाएका थिए । मन्थली नगरपालिकामा सभापति केशव रोक्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भएकाे थियाे । रामेछाप नगरपालिकाका नगर सभापति कमल विक्रम कार्कीको अध्यक्षतामा सम्पन्न बिरोध सभा सम्पन्न भएकाे छ ।
त्यसैगरी खाडाँदेवी गाउँपालिकामा पालिका सभापति तेजराज घिसिङको अध्यक्षतामा सम्पन्न भयाे भने उमाकुण्ड गाउँपालिकामा पालिका सभापति हिक्मत सुनुवारको अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।
लिखुतामाकोशी गाउँपालिकामा पालिका सभापति योगेश्वर तिमिल्सिना, गोकुलगंगा गाउँपालिकामा सभापति जगतबहादुर कार्की, दोरम्बा गाउँपालिकामा सभापति लवबहादुर थापामरगरको अध्यक्षतामा बिराेध सभा भएकाे छ ।
सुनापति गाउँपालिकाका सभापति बाबुलाल योन्जनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पूर्व सभापति एबं कार्यक्रमका प्रमुख अतिथि रामचन्द्र खड्का, जिल्ला उपसभापति जितेन्द्र मोक्तान,महाधिवेशन प्रतिनिधिहरु क्रमश भरत चौलागाई, बिनिता खड्का, नारायण बहादुर खड्का, जित बहादुर मगर, केशव चालिसे, सुरेन्द्र घिसिङ, सकुन्तला त्रिपाठी, कमल चौलागाई, बेनबहादुर मगर र रमेश केसी लगायतले सम्बाेधन गरेका थिए ।
बिराेधसभासँगै सबै स्थानीय तहमा नेकपासहित विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस