नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओकाे आवेदन आजदेखि खुला, कति कित्ता हाल्ने ?
- गाउँ सहर संवाददाता
- २ माघ शुक्रबार, २०७७ | १०:०२:०० मा प्रकाशित

काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले (आज) माघ २ गते शुक्रबारदेखि सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गरेको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गरेको हो ।
शुक्रबारदेखि ६ गते मंगलबारसम्म आवेदन दिन सकिनेछ । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कुल निष्काशित आईपीओमध्ये ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता तथा कर्मचारीहरुका लागि ०.२० प्रतिशतले हुन आउने १ लाख ६० हजार कित्ता शेयर छुट्टाएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणमा बिक्रीमा आएको छ ।
बैंकको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
बैंकको आईपीओ हालसम्मकै ठूलो साधारण शेयर (आईपीओ) हो । जारी पूँजी २० अर्ब रहेको बैंकले जारी पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । यो नै हालसम्मकै ठूलो सार्वजनिक निष्काशन हो ।
पूर्वाधार क्षेत्र (जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य) हरुमा लगानी गर्ने मूल उद्देश्य लिई स्थापित बैंकले नेपाल राष्ट्र बैंकबाट २०७५ माघ २८ गते राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न स्वीकृति पाएको थियो । सो लगत्तै २०७५ फागुन २२ गतेदेखि नै आफ्नो औपचारिक बैंकिङ्ग कारोबार सुरु गरेको थियो ।
बैंकको अधिकृत पूँजी ४० अर्ब र संस्थापकहरुबाट चुक्ता पूँजी १२ अर्ब छ । सर्वसाधारणहरुलाई शेयर निष्काशनपछि बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ । नेपाल सरकारको समेत लगानी रहेको बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो ।
बैंकले जारी गर्न लागेको आईपीओलाई क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले ‘इक्रा एनपि आईपीओ ग्रेड ४’ रेटिङ्ग दिएको छ । इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ्गले बैंकको आधारभूत वित्तीय अवस्था औषतभन्दा कमजोर आधार रहेको जनाउँछ ।
लगानीकर्ताले ५ लाख रुपैयाँसम्मको आवेदन दिनेले स्वच्छिक रुपमा र ५ लाखभन्दा बढीको आवेदन दिने लगानीकर्ताले अनिवार्य रुपमा प्यान नम्बर उल्लेख गर्नुपर्ने हुन्छ । बैंकले सार्वजनिक गरेको आह्वानपत्र अनुसार आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।
१५ लाख आवेदन पुगेको खण्डमा न्यूनतम ६० देखि ८० कित्ता शेयर पाउने सम्भावना देखिन्छ । आवेदन संख्या बढ्दा भने सोभन्दा कम शेयर पाउने अवस्था रहन्छ ।
बैंकको आईपीओ खरीदका लागि पर्ने आवेदन संख्या र माग कित्ताका आधारमा मात्र कति कित्ता शेयर पाउन सकिन्छ भन्न सकिन्छ । अहिले नै आवेदकले यति नै शेयर पाउँछन् भन्न नसकिएपनि यो बैंकको आईपीओ भर्ने सबै आवेदकले हात खाली हुनेछैन ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस