सरकारले चालू आवको ६ महिनाभित्र चार खर्ब २२ अर्ब २३ करोड राजस्व उठायाे
- गाउँ सहर संवाददाता
- २ माघ शुक्रबार, २०७७ | ०८:४४:०० मा प्रकाशित

काठमाडौं । सरकारले पुष महिनाकाे अन्तिम दिन करिब ३४ अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
चालू आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको अन्तिम दिन अर्थात् पुस २९ गते मात्र ३३ अर्ब ७१ करोड रुपियाँ राजस्व सङ्कलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार यससँगै चालू आवको ६ महिनाभित्र सरकारले चार खर्ब २२ अर्ब २३ करोड रुपियाँ राजस्व उठाएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार बुधबार मात्रै २० अर्ब ४४ करोड रुपियाँ कर राजस्व सङ्कलन भएको छ । त्यस्तै गैरकर शीर्षकतर्फ १३ अर्ब २७ करोड रुपियाँ राजस्व उठेको छ । यससँगै पुससम्म कर राजस्व तीन खर्ब ८६ अर्ब रुपियाँ सङ्कलन भएको छ भने ३५ अर्ब ७० करोड रुपियाँ गैरकर राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
सरकारले चालू आवमा १० खर्ब ११ अर्ब रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा नौ खर्ब १२ अर्ब कर राजस्व सङ्कलनको लक्ष्य तोकेको छ । पुससम्म सङ्कलित कर राजस्व लक्ष्यको ४२.३४ प्रतिशत हो ।
त्यस्तै ९८ अर्ब ८० करोड रुपियाँ गैरकर राजस्व सङ्कलनको लक्ष्य राखिएकामा पुससम्म ३६.१३ प्रतिशत सङ्कलन भएको हो । राजस्वसहित अनुदान र अन्य किसिमका प्राप्तिसमेत गरेर सरकारले पुस मसान्तसम्म चार खर्ब ५५ अर्ब रुपियाँ प्राप्त गरेको छ । कार्यालयका अनुसार पुससम्म सरकारले पाँच अर्ब ३० करोड रुपियाँ अनुदान प्राप्त गरेको छ ।
आन्तरिक राजस्व विभागले ४० प्रतिशत अग्रिम कर बुझाउन सूचनासमेत जारी गरेको थियो । अग्रिम कर नबुझाएको हकमा कानुनअनुसार जरिवाना गरिने सन्देशसहितको उक्त सूचनापछि निजी क्षेत्रका छाता सङ्गठनले समयसीमा बढाइदिनसमेत आग्रह गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस