कांग्रेसद्वारा सर्लाही घटनाको घोर निन्दा र भत्र्सना
- गाउँ सहर संवाददाता
- २८ असोज बुधबार, २०७७ | २१:५१:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले सर्लाही घटनाको घोर निन्दा र भत्र्सना गरेको छ । सर्लाहीमा आफ्नो कार्यकर्ता दलित महेन्द्र रामको हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शन गर्न गएका काँग्रेसका नेता कार्यकर्ता र प्रहरीबीच बुधबार दिउँसो झड्प भएको थियो ।
विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीहरुलाई गम्भीर घाइते बनाएको घटनाप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको मुख्यसचिव कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मृतकका तर्फबाट जाहेरी दरखास्त दर्ता गराउन जिल्ला प्रहरी कार्यालय जाँदा सुरक्षाकर्मीको लाठी प्रहारबाट मृतककी श्रीमती, भाइसहित अन्य ३ महिला समेत घाइते भएका पौडेलले जानकारी दिए ।
उक्त घटनामा संघीय संसदका सदस्यद्वय कांग्रेस जिल्ला सभापति नागेन्द्रकुमार राय र डा. अमरेशकुमार सिंह, प्रदेश सांसदद्वय उपेन्द्र कुशवाहा र वीरेन्द्रप्रसाद सिंहमाथि समेत प्रहरीले दुव्र्यवहार गरेको काँग्रेसले जनाएको छ ।
पौडेलका अनुसार दुई जनालाई प्रहरीले गिरफ्तार गरेको छ भने दर्जनौं राउण्ड अश्रु ग्यास, हवाई फायर र लाठी चार्जका कारण कयौं व्यक्ति घाइते भएका छन् ।
पक्राउ परेका व्यक्तिहरुलाई अविलम्व रिहाई गर्न, मृतकका परिवारको जाहेरी दर्ता गर्न, पीडित परिवारलाई न्याय दिन र आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग काँग्रेसले जोडदार माग गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस