काठमाडाैँ । राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लाेहनीले युवा क्रान्तिकारी मन्त्री याेगेश भट्टराईलाई लक्षित गर्दै सामाजिक सञ्जालमा नेपाल वायु सेवा निगमबाट खाेसेर दिने नीतिकाे तर्क के हाे ? भनेका छन् ।
शनिबार फेसबुकमा अध्यक्ष डा. लाेहनीले नेवानिलाई सखाप पारेर यति समूहलाई अरबौँ नेवानिबाट खोसेर दिने नीतिको तर्क के हाे भन्दै पूँजीवाद पनि हाेइन, समाजवाद पनि हाेइन, नयाँ लुटवाद हाे भनि बताएका हुन् ।
उनले भनेका छन्ः
युवा "क्रान्तिकारी" मन्त्री योगेश जी ले नेपाल वायु सेवा निगमलाई अब विघटनमा पठाउने चाँजोपाँजो मिलाएको जस्तो छ । कर्मचारीको पैसा अरबौँ ऋण लिएर चलेको नेवानिको आर्थिक हालत नाजूक छ । तर ग्राउण्ड ह्याण्डलिङ्ग (भूमिस्थ प्रबन्ध) बाट आउने आम्दानीबाट नेवानिले कर्मचारीलाई तलब दिँदै आएको थियो । अब "क्रान्तिकारी" ले त्यो पनि यो सरकारको प्रिय यति समूहको नियन्त्रणको कम्पनीलाई जिम्मा लगाएका छन् । अब नेवानिको तलब र ऋण सबै नेपालको बजेटबाट दिनुपर्ने या नेवानिलाई बन्द गर्नुपर्ने स्थिति आउने देखिन्छ ।
राष्ट्रिय ध्वजाबाहक भनिएको नेवानिलाई सखाप पारेर यति समूहलाई अरबौँ नेवानिबाट खोसेर दिने नीतिको तर्क के हो ? यो पूँजीवाद पनि होइन, समाजवाद पनि होइन, नयाँ लुटवाद हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस