पिकअप र मोटरसाइकल सहित १४ लाख भन्दा बढीको हरियो मटर प्रहरी नियन्त्रणमा
- अंगद यादव
- २५ भदौ बिहीबार, २०७७ | ११:३२:०० मा प्रकाशित

नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको बिभिन्न ठाउँबाट एक गाडी र २ वटा मोटरसाईकल सहित १४ लाख ४० हजार मुल्य बराबरको हरियो मटर (केराउ) प्रहरीले नियन्त्रण गरिएको छ ।
बुधबार ईलाका प्रहरी सेमरीबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा नं.-१ सिसहनियाबाट लु १ ज ३९०२ नम्बरको बोलेरो पिकअप गाडी सहित ६० बोरामा ३० क्विन्टल अवैध हरियो मटर (केराउ) नियन्त्रण गरिएको छ ।
उक्त मटर सोही गाडीमा राखी लैजादै गर्दा प्रहरी टोलीलाई देखि गाडी छाडी चालक भागेका थिए । बरामद मटरको मुल्य २ लाख ४० हजार बराबर र बोलेरो पिकअप गाडीको १० लाख गरी जम्मा १२ लाख ४० हजार बराबर मुल्य रहेको छ ।
यसैगरी नेपालबाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको ६ बोरा हरियो मटर (केराउ) सहित यु पी ५३ बी भी १२०४ भारतीय नम्बरको मोटरसाईकल र लु ३९ प ३३८४ नम्बरको मोटरसाईकललाई ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं.-१२ भटौलियाबाट नियन्त्रण गरिएको छ ।
उक्त मटरको मुल्य २४ हजार बराबर र २ मोटरसाईकलको १ लाख २० हजार (प्रति मोटरसाईकलको ६० हजार) गरी जम्मा १ लाख ४४ हजार मुल्य बराबर रहेको छ । उक्त मटर मोटरसाईलमा राखि लैजादै गर्दा प्रहरी टोलीलाई देखि मटर र मोटरसाईकल छाडी भागेका थिए ।
नेपालबाट भारततर्फ अवैध रुपमा लैजादै गरेको २२ बोरामा ५६ हजार मुल्य बराबरको मटर (केराउ) सिमा प्रहरी चौकी महेशपुरको प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं.- ६ बड्सारेबाट नियन्त्रण गरेको छ । नियन्त्रण गरिएको ३१ क्विन्टल हरियो मटर, एक बोलेरो पिकअप गाडी र २ वटा मोटरसाईकल समेतलाई आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।

अंगद यादव
यादव गाउँ सहर डटकमका नवलपरासी संवाददाता हुन् ।
- भोजका लागि खाना बनाउने क्रममा आगलागी हुँदा तीन घर जलेर नष्ट
- सात वटै प्रदेशहरुमा सुविधा सम्पन्न अन्तराष्ट्रिय स्तरका अस्पतालहरु निमार्ण गर्छु : मन्त्री त्रिपाठी
- उत्कृष्ट प्रहरीमा प्रहरी सहायक निरीक्षक घरभरन तेली सम्मानित्
- उदाउँदो सूर्यलाई अर्घ्य दिँदै आस्थाको महापर्व छठ सम्पन्न
- अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ श्रद्धालु
- पूर्व-पश्चिम राजमार्गमा गाडी रोकी जबरजस्ती पैसा असुल्ने ६ जना प्रहरीको नियन्त्रणमा
- ३ लाख भन्दा बढीको चाँदीको गरगहना सशस्त्र प्रहरीको नियन्त्रणमा
- नारायणी नदिको किनारबाट १७ क्विन्टल क्यानेडियन केराउ बरामद
- जर्सी गाईसहित अबैध मालसामान प्रहरीको नियन्त्रणमा
- नारायणी नदीमा डुङ्गा पल्टिँदा एक जना बेपता
प्रतिकृया दिनुहोस