सेवा

लेखनाथ क्षेत्रका प्रहरी चौकीलाई जुनियर जेसिजको मास्क तथा सेनिटाइजर सहयोग

पोखरा । लेखनाथ क्षेत्रका प्रहरी चौकीलाई जुनियर जेसिजले मास्क तथा सेनिटाइजर सहयोग गरेको छ ।

लेखनाथ जुनियर जेसिसले  पोखरा महानगरपालिका लेखनाथमा अवस्थित प्रहरी चौकीमा मास्क तथा सेनिटाइजर वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

जुनियर जेसिजल लेखनाथमा अवस्थित डाँडाको नाक प्रहरी चौकी, शिशुवा सी आर भी प्रहरी, पचभैया प्रहरी चौकी, तालबेँसी प्रहरी चौकीमा पुगी मास्क र सेनिटाइजर वितरण गरेको हो ।

कोभिड-१९ महामारीको अवस्थामा दिन रात, भोक प्यास सबै त्यागेर  फ्रन्टलाइनमा रहेर  देश र जनताको सेवामा खटिएका प्रहरीलाई  मास्क र सेनिटाइजर  वितरण गरिएको अध्यक्ष सुजन तिमिल्सिनाले बताए । जेसी नवीन अधिकारीको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत