सडक/यातायात

दुर्घटना अपडेटः १२ काे मृत्यु, २० जनाभन्दा बढीको भेरी अस्पतालमा उपचार हुँदै

बाँके । बाँके जिल्लामा महेन्द्र राजमार्गको ठुरिया जङ्गलमा आइतबार मध्यरातपछि भएको एउटा दुर्घटनामा १२ जनाको मृत्यु भएको नेपाल प्रहरीले बताएको छ ।

बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर ओलीका अनुसार ३३ जना सवार एउटा गाडी राजमार्गमा रोकिएको ट्रकमा ठोकिँदा दुर्घटना भएको थियो ।

उनले भने, "एघार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा नेपालगन्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो ।"

दुर्घटनामा घाइते भएका २० जनाभन्दा बढीको भेरी अस्पतालमा उपचार हुँदैछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत