खण्डग्रास चन्द्र ग्रहणः ज्याेतिषशास्त्र भन्छ- यी राशिमा हुनेछ प्रभाव
[नेपालबाट मज्जाले देखिने]
- गाउँ सहर संवाददाता
- २४ पौष बिहीबार, २०७६ | १५:०६:०० मा प्रकाशित

काठमाडौँ । चन्द्र ग्रहण २५ गते पुष शुक्रबार लाग्दैछ । सन् २०२० को यो पहिलो चन्द्र ग्रहण हो । यो चन्द्र ग्रहण खण्डग्रास हो ।
यो चन्द्र ग्रहण पुस २५ गते राति १०ः५२ बजेदेखि प्रारम्भ हुनेछ र राति २ः५७ बजेसम्म चल्ने छ । अर्थात्, सन् २०२० को यो पहिलो ग्रहण ४ घण्टा ५ मिनेटसम्म चल्नेछ ।
यो ग्रहण एशिया, अष्ट्रेलिया, यूरोप र अफ्रिकामा देख्न सकिन्छ । नेपालबाट यो खण्डग्रास चन्द्र ग्रहण मज्जाले देख्न सकिन्छ ।
कसरी लाग्छ चन्द्र ग्रहण ?
खगोल विज्ञानका अनुसार जब सूर्य, पृथ्वी तथा चन्द्रमा एउटा समान रेखामा आउँछन् र पृथ्वीको छायाँ चन्द्रमामा पर्छ, त्यो बेला चन्द्र ग्रहण लाग्छ । वैज्ञानिकहरुका अनुसार, ग्रहण एउटा सामान्य खगोलीय घटनामात्र हो । नाङ्गो आँखाले ग्रहण हेर्नु नहुने बैज्ञानिकहरुले बताउँदै आएका छन् । तर उपकरणको साथमा हेर्न सकिने उनीहरुको तर्क छ ।
ज्योतिषशास्त्रको तर्क र राशिमा प्रभाव
यो ग्रहणको असर नेपालमा छैन । यो ग्रहण मिथुन राशिमा लागिरहेको छ यसकारण यो राशिका व्यक्तिलाई मात्र यसको प्रभाव पर्नेछ ।
तर ज्योतिषशास्त्रका अनुसार राशिमा ग्रहणको प्रभाव पर्दछ । मेष राशि भएकाको साथी वा दाजुभाई, बहिनीदिदीको सम्बन्ध बिग्रन सक्छ । वृश राशि भएकाले होशियारीपूर्वक कार्य गर्नुपर्ने बताइएको छ किनकी विवाद हुने सम्भावना धेरै छ । मिथुन राशिकाले स्वास्थ्यमा ध्यान दिनुपर्ने बताइएको छ ।
कर्कट राशिकाको मन अशान्त हुने, सिंहलाई धन लाभ हुन सक्ने छ । कन्या राशिकाको जागिर परिवर्तन हुन सक्छ । तुला राशिको करियरमा परिवर्तन, वृश्चिक राशिको हरेक कार्यमा वाधा आउन सक्छ । यस्तै धनु राशि भएकाहरुको पति-पत्नीबीच मनमुटाव हुन सक्छ । मकर राशिले हारेको महशुष गर्नेछन् । कुम्भ राशिको पेटमा समस्या र मीन राशिले माता-पिताको स्वास्थ्यमा ध्यान दिनुपर्ने छ ।
सन् २०२० का ग्रहणहरुः
१० जनवरी—चन्द्र ग्रहण
५ जून— चन्द्र ग्रहण
२१ जून— सूर्य ग्रहण
५ जुलाई— चन्द्र ग्रहण
३० नोभेम्बर— चन्द्र ग्रहण
१४ डिसेम्बर—सूर्य ग्रहण ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस