दशैंकाे फूलपातीकाे रात किन कालरात्री देवीकाे पूजा आराधना गरिन्छ ?
- गाउँ सहर संवाददाता
- १८ असोज शनिबार, २०७६ | ०५:००:०० मा प्रकाशित

काठमाडाैं । नवरात्रको साताैं दिन कालरात्रि स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । वडा दशैँको सातौँ दिन आज दशैँ घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा नव दुर्गामध्येकी सातौँ कालरात्रि देवीको पूजा आराधना गरी मनाइन्छ ।
देवी दुर्गा, आफ्नो सातौं स्वरूपमा कालरात्रिको नामले विख्यात छिन् । देवी कालरात्रि घोर अन्धकार जस्तै कालो रङ्ग युक्त शारीरिक वर्ण भएको कारण नै देवी कालरात्रि नामले विख्यात मानिन्छिन् ।
देवी कालरात्रिले दुष्टहरू, दैत्य, राक्षस, भूत, प्रेत इत्यादि अशुभ शक्तिहरू विनाश गर्ने भएकाेले कालरात्रिको स्मरण मात्रले पनि ती भयभीत भएर पलायन हुन्छन् ।
उनको स्वरूप डरलाग्दो रहेको छ, शिरको कपाल भयानक एवं बिग्रिएको छ, गोला गोला र ठुला ठुला तीन नेत्रले युक्त तथा मस्तकमा अर्ध चन्द्र विराजमान छ । देवी आफ्नो भुजाहरू तथा गलामा बिजुली जस्तै तरङ्ग भएको चमकदार माला धारण गरेकी, देवी कालरात्रि चार भुजाहरूले युक्त, आफ्नो दुवै दाहिने भुजाबाट देवी वर तथा अभय मुद्रा प्रदर्शित गरिरहेकि भएको र बायाँ भुजामा खड्ग र पाश शक्ति धारण गरेकी छिन् ।
कालरात्रीकाे पूजा गर्नाले ग्रह जनित दोषहरू देवीको कृपाले निवारण हुन्छ भन्ने विश्वास छ । देवीको भक्तहरू हर प्रकारको भय जस्तै अग्नि भय, रोग भय, शत्रु भय इत्यादि भयबाट मुक्त रहन्छन् भन्ने मान्यता रहेकाे छ । कालरात्रि माताको श्रद्धा एवं भक्तिले गरेको पूजा एवं पाठका प्रभावले धर्म, अर्थ, काम तथा मोक्षलाई प्राप्त गर्न सकिन्छ र जन्म जन्मान्तरको पाप नष्ट हुने शास्त्रोक्त कथन रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस