जीवनशैली

खण्डग्रास चन्द्र ग्रहण आज राति लाग्दैछ, सुरु भयो सूतक, जान्नुहोस किन मानिन्छ सूतक

काठमाडौँ । यस वर्षको दोस्रो चन्द्र ग्रहण १६ जुलाइ राति १ बजेर ४६ मिनेटबाट सुरु भएर १७ जुलाई विहान ४ बजेर ४५ मिनेट (असार ३१ मध्यरात बाट र साउन १ गतेको विहानसम्म) लाग्दैछ ।

हिन्दु पञ्चाङ्ग अनुसार ग्रहण असार पूर्णिमाको रात उत्तराषाढा नक्षत्रमा धनु राशिमा लाग्दैछ ।

यो ग्रहणको सूतक ९ घण्टा अर्थात १६ जुलाई साँझ ४ बजेर ४६ मिनेटबाट सुरु भएको छ । हुन त घाम अस्ताएपछि पनि सूतक सुरु हुन्छ भन्ने मान्यता पनि छ ।

यो खण्डग्रास चन्द्र ग्रहण अष्ट्रेलिया, अफ्रिका, दक्षिण अमेरिका, धेरै यूरोपका क्षेत्रहरु र एशियाबाट देख्न सकिन्छ । तर उत्तर अमेरिका, दक्षिणी र पूर्विय भाग बाहेकले देख्न सक्दैनन् । आकाश खुला भए नेपालीले यो ग्रहण आंशिक रुपमा देख्न सक्नेछन् । तर सँगैको छिमेकी भारतबाट देख्न पाइँदैन । 

खगोल विज्ञानको तरिकाबाट बुझ्ने हो भने पृथ्वी जब सूर्य र चन्द्रमाको बीचमा आउँदछ तब चन्द्रमामा पर्ने सूर्यको किरणलाई रोक्ने गर्दछ । यो समयमा उसको स्वयंको छायाँ बन्ने गर्दछ । त्यसलाई चन्द्र ग्रहण भनिन्छ ।

प्रचलित छ यो नियम

  • ग्रहणको समय अन्न, जल आदि ग्रहण गर्नु हुँदैन ।
  • ग्रहणको समयमा स्नान गर्नु हुँदैन । यसको पूर्व या पश्चात गर्नुहोस् ।
  • ग्रहणको समयमा खुला आँखाले चन्द्रमा हेर्नु हुँदैन । यसो गरिए आँखामा असर पर्न सक्छ ।

ग्रहणको समयमा यो मन्त्र उच्चारण गर्नुहोस् 

गुरुको मन्त्र, गायत्री मन्त्र, मृत्युञ्जय मन्त्र, नमः शिवाय आदि ।

किन मानिन्छ सूतक?

ज्योतिशशास्त्रका अनुसार सूर्य ग्रहण वा चन्द्र ग्रहण दुबैबाट केही घण्टा पहिलेको समय यस्तो हुन्छ जब प्रकृति संवेदनशील हुने गर्दछ । त्यो समयमा केही नकारात्मक स्थिति पैदा हुने गर्दछ । यसले अनेक आशंका बढ्ने गर्दछ । यो समयलाई सूतक काल भनिन्छ । सूर्य ग्रहणभन्दा १२ घण्टा पहिले र चन्द्र ग्रहणभन्दा ९ घण्टा पहिले सूतक काल सुरु हुने गर्दछ । 

विशेष ध्यान दिनुपर्ने कुराहरु

  • चन्द्र ग्रहणपछि घरमा शुद्धताको लागि गंगाजल छर्नुहोस् ।
  • स्नान गरेर भगवानको मूर्तिलाई स्नान गराएर पूजा गर्नुहोस् ।
  • संभव छ भने ग्रहण कालमा गर्भवती महिला घरबाट बाहिर ननिस्किनुहोस् ।
  • निस्कनै परेपनि गर्भको शिशुको रक्षाको लागि चन्दन र तुलसीको लेप प्रयोग गर्नुहोस् ।
  • सूतक लाग्नुभन्दा अगाडि अन्न आदिमा तुलसी या कुश अवश्य राख्नुहोस् ।
  • ग्रहण कालमा भगवानको नाम जप्नुहोस् ।
  • ग्रहणपछि घीउ र खीरले हवन गरेमा लाभ हुने र लामो समयसम्म कुनैपनि रोगले आक्रमण गरेको भएपनि आराम मिल्ने मान्यता छ ।
  • चन्द्रदेवको आराधना गर्नु पर्दछ । यदी चन्द्रमा कमजोर स्थितिमा छ भने ‘ऊँ चन्द्राय नमः’ मन्त्रको जप गर्दा लाभ हुन्छ ।
  • प्राणायाम र व्यायाम गर्नु पर्दछ । सोचलाई सकारात्मक राख्नु पर्दछ ।
  • चन्द्र ग्रहणपछि घर शुद्धि, स्नान, भगवानको मूर्ति स्नान र पूजा र आवश्यक व्यक्ति र ब्राम्हणलाई अन्न दान गर्नुहोस् ।
     

गाउँ सहर संवाददाता

तपाईँको मत