समायोजनले कर्मचारीविहीन भेरी अस्पताल
- गाउँ सहर संवाददाता
- २८ चैत बिहीबार, २०७५ | ११:१६:०० मा प्रकाशित
बाँके । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको कर्मचारीको समायोजनपछि नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारीको अभाव भएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी समायोजनपछि स्वास्थ्यकर्मी तथा प्रशासनिक जनशक्ति खाली भएको छ ।
स्वास्थ्य सेवामा यो झनै चुनौतीपूर्ण र पेचिलो बनेको छ । सरकारी सेवामा रहेका चिकित्सक आन्दोलित छन् । भेरी अस्पताल कार्यरतमध्ये ३५ कर्मचारी प्रदेशमा समायोजन गरिएका छन् जसअन्तर्गत २७ स्टाफ नर्समध्ये दुई नर्सिङ अधिकृतसहित आठ सङ्घमा परेका छन् । अरू १९ प्रदेशमा परेको अस्पतालका निमित्त प्रमुख रूपानन्द अधिकारीले जानकारी दिए ।
बुधबारदेखि नर्स र ल्याव कर्मचारीविहीनजस्तै भएको अस्पतालका निमित्त प्रमुख अधिकारीले बताए । अस्पतालको क्षमतावृद्धिका लागि विकास समितिले शय्या थपे पनि चिकित्सकको दरबन्दी थप नगरेको अवस्थामा समायोजनका नाममा भएका कर्मचारी पनि प्रदेशमा पठाउँदा अस्पताल नर्स तथा ल्याव कर्मचारीविहीनझै हुनपुगेको उनले जानकारी दिए ।
उनका अनुसार अस्पतालमा रहेको ४३ नर्सको दरबन्दीमा अहिले करीब २६ नियमित सेवामै थिए । “केही नर्सहरू सुत्केरी तथा अध्ययन बिदामा हुनुहुन्छ । भएका नर्समध्ये मन्त्रालयले अहिले १६ बढीलाई प्रदेशमा पठाएको छ”, उनले भने, “अब हामीसँग आठ मात्रै नर्स सङ्घमा रहनुभएको छ । गुणस्तरीय सेवा प्रवाह गर्न कठिन भइरहेको छ ।”
सरकारी मापदण्डअनुसार एउटा नर्सले एक सिफ्टमा छ सम्म बिरामी हेर्नुपर्नेमा यहाँ एउटैले १५ सम्म बिरामी हेर्नुपर्ने अवस्था छ । ल्यावमा रहेका सबै छ कर्मचारी प्रदेशमा गएपछि भेरी अस्पतालको ल्याव पनि खाली भएको उनले बताए । सरकारले जनशक्ति उत्पादन र खपत गर्ने नीति तथा योजना बनाउन नसक्दा समस्या बढ्दै गएको हो । रासस
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदको बजेट अधिवेशन आव्हान
- शेयरबजार : काराेबार रकम ४ अर्ब नाघ्याे, नेप्सेमा सामान्य अंककाे गिरावट
- रोहित भर्सेस वेस्टइन्डिज ‘ए’ ! तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
- राष्ट्र बैंकको कारबाहीमा परे ६ बैंक
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
- काठमाडौंमा सुरू भयाे सीप मेला, २०८१ जनालाई रोजगारी दिने लक्ष्य
- वेस्टइन्डिज ‘ए’सँग फराकिलो अन्तरले पराजित भयाे नेपाल
- साउन १ गतेदेखि पशुपतिमा विद्युतीय शवदाह निःशुल्क
प्रतिकृया दिनुहोस