अर्थतन्त्र

गोर्खाज फाइनान्सको ब्राण्ड एम्बेस्डरमा गायिका मेलिना राई नियुक्त

तस्बीर : गाउँ सहर ।

काठमाडाैं । गोर्खाज फाइनान्स लिमिटेडले ब्राण्ड एम्बेस्डरमा चर्चित गायिका मेलिना राईलाई  नियुक्त गरेको छ । 

फाइनान्सले शुक्रबार एक कार्यक्रम गरि गायिका राईलाई एक वर्षको लागि संस्थाकाे ब्राण्ड एम्बेस्डरको लागि सम्झौता गरेको हो । सम्झौतापत्रमा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लाल बहादुर थिङ र गायिका राईले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

सो अवसरमा फाइनान्सका अधयक्ष प्रेम बहादुर खापुङ्ग, गोर्खा समूहका संयोजक पुरञ्जन राई, गोर्खाज फाइनान्सकै भूपु अध्यक्ष महेन्द्र लाल राई, तथा सञ्चालकहरु यादव चन्द्र राई तथा खड्ग बहादुर गुरुङको उपस्थिती थियो । 

सम्झौतपत्र हस्ताक्षर कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत थिङले गायिका मेलिना राईसँगको सहकार्यले फाइनान्स प्रवद्र्धनमा सहगोग पुग्ने बताए । उनले भने- 'यस सम्झौताले फाइनान्सको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने तथा संस्थागत सामाजिक उत्तरदायित्वमा पनि टेवा पुग्ने विश्वास लिएको छु ।' 

देश विदेशमा समेत गार्खाज फाइनान्सको व्यवसायको प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा संस्थाले लिएको प्रमुख कार्यकारी अधिकृत थिङले जनाए । गोर्खाज फाइनान्सको ब्राण्ड एम्बेस्डर भएर संस्थाको ब्राण्डिङ्ग गर्ने अवसर मिलेको खुशी लागेकाे गायिका मेलिना राईले बताइन् । उनले भनिन्- 'एउटा कलाकारलाई गोर्खाज फाइनान्सले आइकनको रुपमा चुन्नु भनेकाे कलाकारकाे सम्मान पनि गर्नु हाे । आजदेखि म पनि गोर्खाज फाइनान्सको एउटा सदस्य भएको छु । हरेक दु:ख सुख र ब्राण्डिङ कार्यमा मैले आफ्नो भूमिका निभाउने नै छु ।' 

राष्ट्रिष्य स्तरको गोर्खाज फाइनान्सले सातै प्रदेशमा आफ्नो शाखा विस्तार गरेको छ । गोर्खाजले देशभर २३ शाखामार्फत ग्राहकलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ । हाल फाइनान्सले आफ्नो ग्राहकहरुलाई आधुनिक वित्तिय सेवाहरु मोबाइल, इन्टरनेट बैंकिङ, आइ. पि. एस., डेबिट कार्ड, सि आस्वा जस्ता सेवा दिँदै आएको छ । 

 

गाउँ सहर संवाददाता

तपाईँको मत