अर्थतन्त्र

डिशहोमकाे साधारण सभाः आगामी आर्थिक बर्षमा IPO जारि गर्ने निर्णय

काठमाडौँ ।  डिश मिडिया नेटवर्क लि. को ९ औं बार्षिक साधारण सभा हेमराज ढकालको अध्यक्षतामा यहि पौष २६ गते सम्पन्न भएको र IPO जारि गर्ने निर्णय गरेको छ । 

सो साधारण सभाले आगामी आर्थिक बर्षमा IPO जारि गर्ने निर्णय गरेको र आफ्नो कुल जारी पुँजीको न्यूनतम १० प्रतिशत सेयर सर्वसाधारणकोलागि जारी गर्ने भएको छ । 

साधारण सभाले यस अघिकै संचालक समितिलाई आगामी चार बर्षकालागि निरन्तरता दिने निर्णय गरेको छ । संचालक समितिको अध्यक्षमा हेमराज ढकाल चयन भएको छन् । 

स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डि.टि.एच. सेवा प्रदायक, आफ्नो रोजाई अनुसारको एच.डी. तथा एस.डी. प्याकेजहरु प्रदानगर्दै आईरहेको डिशहोम सर्वसाधारणका लागि सेयर जारि गर्ने पहिलो पे टि.भि. कम्पनि हुने भएको छ । 
 

तपाईँको मत