गाउँ सहर

दीपक मनाङ्गेलेलाई सपथ गैह्रकानुनी हुने : गण्डकी प्रदेश सभामुख

  • २२ पौष आइतबार, २०७५ | १६:४०:०० मा प्रकाशित

पोखरा । गण्डकी प्रदेशमा कार्य ब्यवस्था परामर्श समितिको बैठकले मनाङ ख बाट गण्डकी प्रदेश सभामा निर्वाचित दीपक मनाङ्गे “राजीब गुरुङ” लाई सपथ खुवाउन नमिल्ने निष्कर्ष निकालेको छ ।

सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनको कार्यसूचि तयार पार्न बसेको कार्य व्यवस्था परामर्श समितिका सभापतिसमेत रहेका सभामुख अधिकारीले राजीवलाई सपथ नराउने निर्णय गरिएको जानकारी दिए । सर्वोच्च अदालतबाट जमानतमा थुनामुक्त भएका गुरुङले आफुलाई सपथ खुवाउन माग गर्दै सभामुख कार्यालयमा निवेदन दिएका थिए ।

राजीवलाई सपथ खुवाउने–नखुवाउने विषयमा सांसदहरुको फरकफरक मत छ । गत बिहीबार गुरुङले निवेदन दिए पछि शुक्रबार यसबारे छलफल गर्न संसदको कार्यब्यवस्था परामर्श समितिको बैठक बोलाइएको थियो । शुक्रबार सबै दलका प्रतिनिधिको प्रतिनिधित्व नभएकोले कुनै निष्कर्ष निकाल्न नसके पछि आज आइतबार सो बिषयमा छलफल गरिएको थियो ।

प्रतिनिधि सांसद रेशम चौथरीको सपथलाई नजिर मान्दै सभामुख अधिकारीले पनि राजीवलाई सपथ गराउनेअनुमान धेरैको थियो । तर, सभामुख अधिकारीले गुरुङलाई सपथ नगराउने निश्कर्ष निकालेका हुन् । मनाङेलाई उच्च अदालत पाटनले ज्यान मुद्दामा दोषी ठहर गरेको छ ।

तपाईँको मत