गाउँ सहर
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार
- १८ कार्तिक आइतबार, २०७५ | १६:१९:०० मा प्रकाशित

काठमाडौं । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २० गते मङ्गलबार बस्ने भएको छ ।
उक्त पार्टीले आज प्रेस विज्ञप्ति जारी गरी केन्द्रीय सदस्यलाई बैठकमा उपस्थित हुन अनुरोध गरेको छ ।
पटक पटक मिति तय गरेर पनि सर्दै आएको नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकको नयाँ मिति फेरि तोकिएको छ ।
केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा नेविसंघको महाधिवेशन, महासमिति बैठक र पार्टीको विधानका विषयमा छलफल हुने बताइएको छ ।
प्रतिकृया दिनुहोस