राजनीति

यू-टर्न वामदेव, शुक्रबार धारणा सार्वजनिक गर्ने

स्वीकृत पत्र र पत्रकारसम्मेलन पछि त्यही दिन बाटै चर्को आलोचना

काठमाडौँ । काठमाडौँ ७ नं क्षेत्रमा रामवीर मानन्धरले राजीनामा दिएर रिक्त स्थानमा वामदेव सदन छिर्ने प्रसंगले अन्तत्ः बाटो परिवर्तन गर्ने भएको छ । किनकी वामदेव गौतम यूटर्न हुने भएका छन् । 

सुरुवातमै नजिककै कार्यकर्ता र सर्वसाधारणको अब्जस खाएका गौतमले अन्तत् यो निर्णय फिर्ता लिएका हुन् । सम्भवतः शुक्रबार उनले आफ्नो धारणा सार्वजनिक गर्नेछन् । 

चौतर्फी आलोचना भएपछि अन्ततः वामदेव गौतम काठमाडौं क्षेत्र नम्बर ७ मा उपचुनाव गराएर संसदमा छिर्ने योजनाबाट पछि हटेका हुन् ।  प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ मा पार्टीभित्रकै अर्न्तरघातका कारण पराजित हुनु परेको भन्दै उनले जितेका सांसदलाई राजीनामा गराएर सांसद बन्न लागेका थिए । वामदेवका लागि मानन्धरले दिएको स्वीकृत पत्र र पत्रकारसम्मेलन पछि नेता गौतमको त्यही दिन बाटै चर्को आलोचना भएको थियो। 

पार्टीभित्र र बाहिर दुवैतिरबाट उनको आलोचना हुन थालेपछि केही शीर्ष नेता र आफू निकट नेतासँगको परामर्श र वस्तुस्थिती अध्ययन गरेर गौतम चुनावबाट पछि हटेको गौतम निकट स्रोतले बताएको छ । 


 

तपाईँको मत