जीवनशैली

दम ! रोग र उपचार 

जुनसुकै उमेर र समूहका मानिसहरूमा हुनसक्छ

gaunsahar.com

दमको सूचना दिने र लिने विषयमा नेपाली समाजमा चर्चा गर्नु अब नपरेपनि यसले च्यापेका मानिसको संख्या भने धेरै नै छ । श्वासप्रश्वास सँग सम्बन्धित यो रोगले युवा अवस्थाबाट आक्रमण प्रायः गर्ने गरेको छ । बुढापाकाले दमको उदाहरण दिन्छन्, तर युवाले चासो कम दिएकोे पाइन्छ ।

दम श्वासप्रश्वास सम्बन्धी रोग हो । यो जुनसुकै उमेर र समूहका मानिसहरूमा हुनसक्छ । दम के कारणले हुन्छ भन्ने निश्चित बिन्दु नभए पनि अत्यधिक धूलो धुवाँ, धुमपान र धेरै समय आराम गर्ने मानिसमा यसको जोखिम उच्च रहन्छ । यस बाहेक छातीका विभिन्न समस्याले पनि दमको जन्म गराउँछ । कदले भ्याउने वा सक्ने भन्दा बढी तौलको वस्तुहरुमा बल लगाउँदापनि दमको द्वार खोलेको चर्चा गर्छन् समाजमा । यो रोगको उपचार लामो समयसम्म गर्नुपर्ने हुन्छ । दमलाई वंशाणुगत भनेर पनि व्याख्या गरिन्छ । 

दम रोगका लक्षणहरु
दमका विभिन्न लक्षणहरु हुने गर्दछन् । स्वाँ स्वा गर्ने, छेउको मान्छेले स्वासको आवाज प्रष्ट सुन्ने जस्ता कुराहरु यसका परिचय हुन् । यसका साथै दमका निम्न लक्षणहरु देखिने गर्दछन् ।

- श्वासप्रश्वासमा हुने समस्या 
- लामो समयसम्म खोकी लाग्नु 
- श्वासको आवाज बढ्नु
- खकारमा रगत देखापर्दै जानु 
- ज्वरोको साथै छाती दुख्नु 

यस्ता लक्षणहरु देखिएभने चिकित्सकको आवश्यक सल्लाह अनुसार छातीको एक्स रे गर्ने । फोक्सो र रगत परीक्षण गर्नु आवश्यक हुन्छ । यदी यी कार्यबाट रोगको सही पहिचान हुन सकेन भने छातीको सिटीस्क्यान गर्नुपर्छ ।  

दम रोगका कारणहरु
- धुमपान गर्ने मानिसमा दमको सम्भावना ज्यादा हुन्छ ।  धुमपानको असर सिधै श्वासप्रश्वाससँग पर्ने भएकोले कलेजोलाई असर गर्छ र दमको प्रतिशतमा वृद्धि गराउँछ । 
- दमको अर्को मुख्य कारण भनेको धुवाँ धूलो नै हो । वायूप्रदुषणले पछिल्लो समय गाँजेको गाउँ सहरमा यो द्योतक तत्व बनी सिर्जना भएको छ ।   
- ग्रामीण परम्परागत आधारमा सञ्चालनमा आउने आगोको चुल्होमा खाना पकाउने मानिसमा पनि दम हुने सम्भावना धेरै हुन्छ । झन् गृहणी, जो चौविसै घण्टा चुल्होमा बस्छन्, उनीहरुमा रोगले आक्रमण गर्न समय लाग्दैन ।
- फोक्सो र लिबरको खराबीले पनि दम हुन्छ । तर, यी प्राकृतिक भन्दा क्रित्रिम नै बढी हुन्छ ।

दमबाट जोगिन के गर्ने त ? 
चिकित्सकहरुले हरेक रोगहरुको सरल उत्तर हेरचाह वा सुरक्षामा नै जोड गर्छन् । कुनैपनि कुराहरुमा हेलचेक्राइँलाई उनीहरु बरु गाली गरेर भएपनि सचेत गराउँछन् । यस्तै दमबाट पनि जोगिनको लागि निम्न उपाय सुझाएका छन् ।
- सकेसम्म चिसोबाट बच्ने 
- फ्रिजमा राखेको चिसो खाँदै नखाने 
- धुलो धुवाँमा सँधै माक्स लगाउने, प्रदुशणबाट टाढै रहने 
- रोगीले दैनिक योगाभ्यास गर्ने ।

डा. लम्साल जिल्ला अस्पताल स्याङ्जामा कार्यरत छन् ।


 

तपाईँको मत