जीवनशैली

“गुलियो मन भुलियो” ख्याल ख्यालमा रोग !

  • १२ बैशाख बुधबार, २०७५ | १७:०१:०० मा प्रकाशित

गुलियो शब्दमा जति राम्रो छ, यसको व्यवहारिक पाटो उत्तिकै खतरनाक छ । खाँदा हरेक गुलिया प्रकार हुनसक्ने वस्तु तथा उत्पादनमा हामी गुलियै रुचाउछौँ । सोही अनुसार अरुलाई पनि भाग ठिक पार्छौँ । विर्सेका छौँ, यसको नकारात्मक पक्षलाई ।

खाद्य पदार्थमा उपयोग गरिने कृत्रिम गुलियो स्वास्थ्यका लागि घातक हुने चिकित्सकहरुले बताएका छन् । यस्ता देखावटीका वस्तुले दिर्घकालसम्म असर हुने अनुसन्धानहरुले पुष्टि समेत गरेका छन् ।

‘क्यानेडियन मेडिकल एसोसिएसन जर्नल’ (सीएमएजे) मा प्रकाशित अध्ययनअनुसार अधिकांश व्यक्तिहरु चिनीको साटो कृत्रिम गुलियो उपयोग गर्छन् । कृत्रिम गुलियोले निम्न रोगहरु जन्माउँछ । 

- मुटु रोग
- उच्च रक्तचाप
- मधुमेहको जोखिम 
- शारीरिक तौल बढ्ने सम्भावना
- कालान्तरमा मुटुको स्वास्थ्यलाई प्रभावित गर्न सक्छ

सीएमएजे अध्ययनले एस्पार्टेम, सुक्रलोज र स्टेबियाजस्ता कृत्रिम गुलियो पदार्थले व्यक्तिविशेषको जीवनलाई कायम राख्ने आवश्यक रासायनिक प्रक्रिया ‘मेटाबोलिज्म’ मा असर गर्दछ । तसर्थ उच्किएर गुलियाे खाने प्रतिश्पर्धा जीवनकाे घातक हुने अध्ययनकर्ताले बताएका छन् । एजेन्सीको सहयोगमा
 

तपाईँको मत