अन्तर्वार्ता

सदाबहार ‘प्राकृतिक उपचार विधि’

आम जनतामा उपचार शैली र पहुँचमा वृद्धि गराउने सोच

प्रगतिले शिखर चुमोस् तर मानिस प्रकृतिभन्दा माथि हुन सक्दैन । प्रकृतिको बरदानले मानव जगतको आगमन् हो । यहि प्रकृति र प्राकृतिक अवस्थालाई जिवन्तता दिन प्राकृतिक उपचार पद्धतिमा देखापरेको छ, ‘प्राकृतिक उपचार विधि’ ।

करिब २ दशकको लगानीलाई सर्वसुलभ ढँगबाट आम जनतामा उपचार शैली र पहुँचमा वृद्धि गराउने सोचका साथ मिनभवन काठमाडौँमा केहि वर्षबाट उदाए अकुपंचरिष्ट सुदर्शन बस्नेत, सुस्वाश्थ्य हस्पिटल मार्फत् ।

सुस्वास्थ्य हस्पिटलका अध्यक्ष समेत रहेका बस्नेत अकुपंचरको क्षेत्रमा ०५६ देखि यो पेशामा संलग्न छन् । दोलखाको सुन्द्रावती गाविसमा जन्मेका बस्नेत पछिल्लो समय अकुपंचर सेवाप्रतिको आकर्षण बढेको बताउँछन् । अकुपंचर एशोसिएसनका संस्थापक अध्यक्ष समेत रहेका उनीले त्रिपुरेश्वरमा १५ वर्ष अघि अकुपंचर वैकल्पिक सेवा भनेर सुरु गरेका थिए । कम्मर वा गर्दनमा नशा च्यापिएको, हड्डी खिईएको, वाथ, प्यारालाईसिस, हातखुट्टा झमझमाउने, माईग्रेन, अनिद्रा, मोटोपन सँगै  प्राकृतिक तरिकाबाट समस्या समाधानका लागि सेवा प्रदान गरिरहेका बस्नेत र सुस्वास्थ्य हस्पिटल नियाल्न पुगेका थियौँ । उहि सेरोफेरोमा रहेर हामीले प्राकृतिक उपचारलाई अझ कसरी विस्तार गर्न सकिन्छ भनेर जिज्ञासा राखेका थियौँ ।

हस्पिटलको भीडमा नयाँ सुस्वास्थ्य थपिएको छ, यसले कस्ता सेवाहरु प्रदान गर्दै आएको छ ?
हामीकहाँ प्राकृतिक पद्धतिबाट उपचार हुँदै आएको छ । विशेषगरी अकुपंचर फिजियोथेरापी, प्राकृतिक चिकित्सा र आर्युवेदका थेरापीहरु प्रयोग गरेर एकीकृत रुपमा उपचार गर्ने पद्धति भएको अस्पताल सुस्वास्थ्य हस्पिटल हो । अस्पताल भन्ने वित्तिकै रोग लागेपछि मात्रै पुग्ने हाम्रो चलन छ । तर अब हामी रोग लागेपछि होईन की स्वास्थ्य अवस्था कस्तो छ भनेर बेला बेलामा अस्पताल पुग्नुपर्छ र डाक्टरबाट सल्लाह लिनुपर्छ । सुस्वास्थ्य हस्पिटलको विशेषता भनेको मूख्यरुपमा नसर्ने रोगहरुको उपचार गर्ने हो । आजभोली यस्ता रोगहरुको संख्या बढ्दो क्रममा छ । खासगरी हाडजोर्नी, नशा, माईग्रेन, डिप्रेसनको समस्या गम्भीररुपमा बढ्दो छ । पहिले सर्ने रोगहरु फैलिएर अविकसित देशहरुमा धेरै मानिसहरुको मृत्यु हुन्थ्यो । तर आजभोली नसर्ने रोग लागेर मर्नेहरु धेरैछन् । विशेषत ग्रामीण क्षेत्र भन्दा शहरी क्षेत्रमा नसर्ने रोगहरुको बिगबिगी छ । यससँगै अधिकांशमा नशा च्यापिने, पिनासको समस्या, हड्डी खिईने समस्या छ ।

कम्मर वा गर्दनमा नशा च्यापिएको, हड्डी खिईएको, वाथ, प्यारालाईसिस, हातखुट्टा झमझमाउने, माईग्रेन, अनिद्रा, मोटोपन सँगै  प्राकृतिक तरिकाबाट समस्या समाधानका लागि सेवा प्रदान गरिरहेका बस्नेत र सुस्वास्थ्य हस्पिटल नियाल्न पुगेका थियौँ ।

स्वास्थ्यको परिभाषामा पनि रोग नलाग्नु मात्रलाई पनि स्वस्थ भनिंदैन । स्वस्थ हुनका लागि शारीरिक र मानसिकरुपले पनि स्वस्थ हुनुपर्छ । हाम्रो उदेश्य भनेको सामान्यरुपमा स्वास्थ्यमा गडबडी देखिएकालाई पनि निको पार्ने हो र फेरि रोग लाग्न नदिने हो । हामीले दिने सेवाहरुमा नसर्ने रोगहरुको विशेष उपचार र सामान्य स्वास्थ्य समस्या भएका ब्यक्तिहरुलाई पूर्ण स्वस्थ बनाउने हो ।

पछिल्लो समयमा नसर्ने रोगीहरु बढ्दैछन्, नशा सम्बन्धी रोगीहरुको संख्यामा पनि धेरै नै वृद्धि हुँदैछ भन्नुभयो, उपचार कसरी गर्न सकिन्छ ? 
नसर्ने रोगीहरुको संख्या शहरी क्षेत्रमा ज्यादै नै तीब्र गतिमा बढ्दै गईरहेको छ । विशेषत नशा च्यापिएका विरामीहरु हामीकहाँ एकदमैंं धेरै आउँछन् । यसको प्रथम कारण भनेको पोस्चर हो । लामो समयसम्म टेबलमा बसेर काम गर्दा पनि नशा च्यापिने समस्या हुन्छ । गाडी, मोटरसाईकल लगायतका साधनहरुको प्रयोगबाट पनि नशासम्बन्धि समस्या आउछ । शारीरिक अभ्यास नहुँदा नशा च्यापिने समस्या हुन्छ । यससँगै कुर्सीमा बसेर काम गर्दा कसरी बस्ने धेरैलाई जानकारी छैन । यसले पनि समस्या उत्पन्न गरेको छ । अहिले प्रविधिको जमाना छ । ल्यापटप, कम्प्युटर, ट्याबलेट लगातार रुपमा हामी चलाउँछौ । यसबाट सावधानी नअपनाउँदा नशाको समस्याले मानिसलाई तनाव दिंदैछ । वास्तवमा अहिले सर्ने भन्दा नसर्ने रोगको प्रकोप धेरै छ । हाम्रो व्यस्त जीवनशैलीका कारण नशा सम्बन्धि रोग बढ्दो क्रममा छ । यसको हामीले ईलेक्ट्रोनिक थेरापीबाट उपचार गराईरहेका छौं । जसमा अल्ट्रा सोनिक थेरापीको प्रयोग हुन्छ । आर्युर्वेद नेपालमा कम नै प्रयोग हुने पोटलि मसाज पनि प्रयोग हुन्छ । यसमा चैं हर्वल प्याकले मसाज गरिन्छ । विभिन्न खाले मसाजबाट नशासम्बन्धि रोगहरुको उपचार गर्न सकिन्छ । अकुपंचरबाट नशासम्बन्धि रोगहरुको उपचार गर्न सकिन्छ ।

गाडी, मोटरसाईकल लगायतका साधनहरुको प्रयोगबाट पनि नशासम्बन्धि समस्या आउछ । शारीरिक अभ्यास नहुँदा नशा च्यापिने समस्या हुन्छ । यससँगै कुर्सीमा बसेर काम गर्दा कसरी बस्ने धेरैलाई जानकारी छैन ।

सुस्वास्थ्य अस्पतालमा दैनिक बिरामीको चाप कत्तिको हुने गरेको छ ? 
दैनिक लगभग ३० जना जति विरामी हामी कहाँ आउछन् भने प्राकृतिक चिकित्साबाट रोगै नलागी उपचार गर्न दैनिक २० जना जति आउँछन् । भर्ना गरेरै विरामी राख्ने १५ जना सम्मको लागि वेड उपलब्ध छ ।

सुस्वास्थ सामान्य मानिसले उपचार गराउन सक्ने अस्पताल हो की होईन ? 
हामीकहाँ सरकारी अस्पताल जत्तिको सस्तो त हुँदैन तर खास महंगो पनि छैन । २ हजार रुपैयाँमा १ दिनको बेड चार्जसहित उपचार हुन्छ । डाक्टरको शुल्क ३ सय रुपैयाँ छ । १० देखि २० हजार रुपैयाँसम्ममा विरामीको सम्पूर्ण उपचार हुन्छ ।

अहिले प्राईभेट अस्पतालको संख्या बढ्दैछ, सुस्वाथ्यमैं उपचार गर्न किन आउने ?
सकेसम्म विरामी नहुनुहोस् । सदा स्वस्थ रहनुहोस् । स्वस्थ रहनका लागि सुस्वास्थ्य आउनुहोस् । अन्य अस्पतालको भीडमा यो फरक प्रकृतिको अस्पताल हो । पारिवारिक वातावरणमा हामी उपचार गराउँछौ । गेटबाट छिर्न वित्तिकै अस्पतालको कुनै अनुभूति हुँदैन किनभने हामीकहाँ सफा वातावरण छ । डाक्टर, नर्शहरुबाट विरामीलाई अत्यन्तै आत्मीय व्यबहार हुन्छ । शुल्क पनि महंगो छैन ।

हस्पिटलको बारेमा जानकारी दिनुस् न ?
हामीकहाँ बिहान ७ वजेदेखि बेलुका ७ बजेसम्म ओपिडी सेवा हुन्छ भने आईपीडी २४ घण्टा उपलब्ध छ । हस्पिटल मीनभवन नापी विभागको अपोजिटमा छ । आउनु अघि ४४७३५४५, ४४७७९०९ मा सम्पर्क गर्न सकिन्छ ।

तपाईँको मत