राजनीति

a

रामेछाप । स्थानीय चुनाव जति जति नजिकिँछ त्यति त्यति नेता तथा मतदाताकाे चासाे बढिरहेकाे छ । 

सत्ता गठबन्धनको राष्ट्रिय राजनीतिले पेचिलो बनाउँदै लगिरहेकाे स्थानीय समीकरणले स्थानीय नेता–कार्यकर्ता मात्रै होइन, मतदाताकै मनोविज्ञान विभाजित छ ।

रामेछापमा पनि केन्द्रीय गठबन्धनकाे पासाेले नेता तथा कार्यकर्ताहरू बेरिएका छन् । जिल्लामा २ नगरपालिका र ६ गाउँपालिका छन् भने ६४ वटा वडा छन् । ८ स्थानीय तहमध्ये ०७४ काे स्थानीय निर्वाचनमा ५ स्थानमा नेकपा एमाले, २ स्थानमा माओवादी र एकमा नेपाली कांग्रेसले जितेको छ । २ नगरपालिकामध्ये मन्थलीमा एमाले (हाल समाजवादी) र रामेछापमा कांग्रेसले जितेको छ । खाँडादेवी, उमाकुण्ड, गाेकुलगंगा, लिखुतामाकाेशी गाउँपालिकामा एमाले र दाेरम्बा, सुनापतिमा माओवादीले जितेकाे छ । कुल ६४ वडामध्ये एमालेले २८, माओवादी २१ र कांग्रेसले १३, राप्रपा १ र स्वतन्त्र १ वडाध्यक्षले जितेका छन् ।

रामेछापका कांग्रेसमा भू-गाेल अनुसारकाे फरक फरक चाहना देखिन्छ । तर चुनावमा केन्द्रले दिने निर्देशन नै निर्णायक हुने बताउँछन् । पार्टी प्रणालीमा पार्टीले जे निर्देशन दिन्छ, त्यो त मान्नैपर्ने हुन्छ भन्ने पनि थाहा छ । 

जस्तै सुनापति गाउँपालिकामा यसअघि माओवादीले पालिकासहित सबै वडा जितेकाे थियाे । तर अहिले कांग्रेस मजबूत भएकाे कांग्रेसीहरूकाे दाबी छ । त्यसैले सुनापति कांग्रेस माओवादीसँग गठबन्धन नगरी एक्लै लड्न चाहन्छ । सुनापतिकाे हकमा आफ्नो पार्टीले गठबन्धन नै नगरोस् भन्ने चाहन्छन् मतदाता पनि ।

कांग्रेसी एक नेताले भने- ‘नेताहरूसँग धेरै मान्छे खुसी छैनन् । कति त भोट नहाल्ने भन्दैछन् । तालमेल हुँदा सबैले भोट हाल्दैनन्’ उनले भने, ‘जनताले स्वतन्त्र रूपमा आफ्नो मान्छे चुन्न पाउनुपर्छ, बरु गठबन्धन नै नहोस् ।’

यद्यपि चुनावी गठबन्धन हुँदा गठबन्धनकै नेताहरूले जित्ने निश्चित जस्तै भएको आम मतदाताको बुझाइ छ । तर गठबन्धन गर्न भने सजिलो छैन भन्ने उनीहरूले बुझेका छन् । ‘गठबन्धन भयो भने कांग्रेस र माओवादीमध्ये जसले मेयर पाउँछ, उसैले जित्छ । एमालेले सक्दैन’ती नेताले आकलन सुनाए, ‘कांग्रेस एक्लै उठ्दा पनि जिल्लाभरि त धेरै जित्दैन, तर माओवादी एक्लै उठ्दा पनि जित्दैन ।’

मतदाताहरूको यस्तै आकलन र रामेछापका आफ्नै दलको पोल्टामा आउनुपर्ने नेताहरूको अडानका बीच यहाँको राजनीतिक संघर्ष चर्को छ । चुनावी गठबन्धन गर्न सहमत कांग्रेस र माओवादी केन्द्रले रामेछापका केही नगर र पालिका आ-आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् ।

जिल्लामा एमाले, कांग्रेस र माओवादीबीच मुख्य प्रतिस्पर्धा हुनेछ ।

हेर्नुहोस् वडाअनुसार दलहरुको मत

 

स्रोत: निर्वाचन आयोग

समाजवादीको गतिविधि महानगरपालिकामा खासै नभए पनि एमालेबाट जितेका मन्थली नगरपालिकाका मेयर रमेश बस्नेत समाजवादीमा प्रवेश गरेका छन् ।  गठबन्धन भएकाे अवस्थामा मन्थली नगरपालिकामा मेयर उसकाे दाबी छ । समाजवादीले सबै वडामा कमिटि बनाएकाले पालिकास्तरमा यसले ठूलाे अर्थ राख्दछ । 

एमाले नेताहरू भने समाजवादीमा गएको मतभन्दा माओवादीबाट एमालेमा आएको मत धेरै रहेकाले खासै असर नगर्ने तर्क गर्छन् । पछिल्लाे समय सांगठनिक रूपमा माओवादी खासै बलियो छैन । गठबन्धनका दल एक्लाएक्लै लड्दा अहिले पनि माओवादीले रामेछापमा एकल प्यानलसहित जित्ने पालिका दाेरम्बा र केही वडाभन्दा बढी देखिंदैन । बरू कांग्रेसले जित्ने पालिका र वडाको संख्या धेरै अनुमान गर्न सकिन्छ ।

माओवादीप्रति कांग्रेस सशंकित 

माओवादीका लागि सुनापति र दाेरम्बा क्षेत्र मुख्य आधार क्षेत्र मानिन्छ । रूख चिह्नमा मत दिएका कांग्रेसका मतदाताले २०७४ को स्थानीय चुनावमा सुनापतिकाे बेथानमा स्वतन्त्र वडाध्यक्ष (हाल माओवादी) मत दिए । त्यस वापत कांग्रेसले चार सदस्यमा मत पाउने सर्त थियाे तर कांग्रेसका सदस्य हारे वडाध्यक्ष मात्रै जिते ।यसले माओवादी संगठन त भत्कियाे तर सम्झाैतअनुसार कार्यन्वयन नहुँदा कांग्रेस कार्यकर्तामा माओवादीप्रतिकाे विश्वसनीयता गुम्याे । जसले गर्दा कांग्रेस नेता कार्यकर्ता खुसी छैनन् । कांग्रेसले मत दिएर जिताएको वडाध्यक्षले कांग्रेस उम्मेदवारलाई धोका दिनुले विश्वास गुमेकाे देखिन्छ ।

‘ सनुापतिमा पनि गठबन्धन गर्ने हो, तर प्रमुख कांग्रेसले पाउनुपर्छ’

रामेछापको ८ स्थानीय तहमध्ये ५ र ६४ वडामध्ये २८मा जीत निकालेको एमाले, २ स्थानीय तह र २३ वटा वडा जीत हासिल गरेका माओवादी केन्दरु र १ स्थानीय तह र १२ वटा वडामा जीत निकालेको काँग्रेस यो पटकको निर्वाचनमा आ–आफै पहिलो पार्टी बन्ने होडमा छन् ।
यसरी हेर्दा एमाले पहिलो, दोस्रो माओवादी र तेस्रो काँग्रेस भएका रामेछापमा अबको निर्वाचनमा सबै पार्टीलाई चुनौती देखिन्छन् । कतै एमालेको गढ भत्किने त कतै माओवादी र कतै काँग्रेसकै गढ भत्किने डर रहेको तीन पार्टीका नेताहरुको भनाई छ ।

स्थानीय तहमा पहिलो बनेर जिल्ला समन्वयन समितिमा एकछत्र कार्यसमिति बनाएको एमालेले आगामी निर्वाचन पश्चात त्यो नपाउने अवस्थामा पुगेको जिल्लाका नेता कार्यकर्ताले आकलन गर्न थालेका छन् । जिल्लाकै ठूलो स्थानीय तह मन्थली नगरपालिकामा यस पटक एमालेले बाजी मार्ने अवस्था नहुन सक्ने आकाल गरिसकेको छ । मन्थली नगरपालिकाका मेयर रमेश कुमार बस्नेत माधव नेपालको एकिकृत समाजवादीमा आबद्ध भइसकेका छन् । मेयरमा उनै दोहोरिने चर्चा बजारमा छाइसकेको छ ।

यसले एमालेलाई मन्थली नगरपालिकामा धोका हुने निश्चित जस्तै भइसकेको छ । लिखु तामाकोसीमा एमालेले एकछत्र एउटा वडा बाहेक सबैमा जीत हासिल गरेका थिए । अहिले लिखु तामाकोसी बिग्रिएका छन् । अध्यक्ष गोविन्द बहादुर खड्काका कारण लिखु तामाकोसी विग्रिएको देखिन्छ ।

अध्यक्ष र उपाध्यक्षको विवादका कारण यो पालिकामा भनेको जस्तो विकास नहुनु र पार्टीले अध्यक्षलाई कार्बाही गर्नुका कारण यो पालिकामा एमालेका लागि चुनौती देखिएको छ । अहिले खड्का अन्य दलमा प्रवेश गर्ने र फेरी पालिकामा दोहोरिने संभावना धेरै देखिएको एमालेकै नेता कार्यकर्ताको तर्क छ ।


यसरी एमालेले जीत निकालेका दुई पालिकामा देखिएको विचलनका कारण यस पटक एमाले दुई वा तीन स्थानीय तहमा रोकिनुपर्ने देखिन्छ ।
यता माओवादीको हकमा भने एमालेको तुलनामा विगतको भन्दा अहिले राम्रो हुनेमा आशावादी देखिन्छन् । दोरम्बा र सुनापति गाउँपालिका जितेको माओवादी यस पटक अन्य पालिकामा समेत आफ्नो पक्षमा जित्ने दाबी माओवादी केन्द्र रामेछापको अध्यक्ष मैन कुमार मोक्तानले गरेका छन् । उनले केही पालिकामा झिना मतले हार ब्यहोरेको ठाउँमा आफ्नो पार्टीको जीत हुनेमा जोड दिए । उनले मन्थली नगरपालिकामा पनि पार्टीको जीत हुनसक्ने बताए । यसअघि चुनाव चिन्ह उस्ता उस्तै भएकै कारण चुनाव चिन्ह फरक परेर पार्टी हारेको बताए ।


माओवादीले गोकुगंगा, उमाकुण्डमा दाबी नगरे पनि पहिलाको तुलनामा सुधार हुने अपेक्षा गरेका छन् भने रामेछाप नगरपालिकामा समेत दाबी गरिरहेका छन् ।
उता काँग्रेसले रामेछाप नगरपालिका जीतेर तेस्रो पार्टी बनेपनि यस पटक उमाकुण्ड र गोकुलगंगामा जीत हासिल गर्ने अभियान चलाएका छन् । यस अघि तुलानात्मक रुपमा कमजोर रहेको काँग्रेस यसपटक भने बलियो भएर प्रस्तुत हुने आकाल गरिएको छ । तर यसपटक निकै प्रतिस्पर्धा देखिएकाले काँग्रेसका लागि पनि जीत हासिल गर्न सजिलो छैन ।


भर्खरै दर्ता भएर आएका समाजवादीका लागि रामेछापको केही स्थानमा वडा र हालको मन्थलीका मेयर रमेश बस्नेतलाई माओवादीले सघाएमा मन्थली नगरपालिका जित्ने संभावना देखिन्छन् । समाजवादीले एमालेको केही भोट काट्ने देखिएकाले एमालेलाई चुनौतिका रुपमा देखिन्छ । भोट काट्ने र कडा प्रतिस्पर्दामा एमालेलाई हारउने काममा समाजवादीको भूमिका देखिन्छन् । तर पनि रामेछापको स्थानीय तहमा जित निकाल्न भने उसलाई मस्किल देखिन्छ ।

गाउँ सहर संवाददाता