गाउँ सहर

एमसिसी

नेपाल भ्रमणको पहिलो दिन बिहीबार फातिमाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेटिन् । अमेरिकीहरुले ओली र नेपाललाई भेटेकै दिन सत्ता गठबन्धनका चार शीर्षनेताहरु शेरबहादुर देउवा, प्रचण्ड, माधव कुमार नेपाल र उपेन्द्र यादवले विहीबार साँझ एमसीसीको विषयमा छलफल गरे । सत्ता गठबन्धनले यसबारे आज पनि छलफल गरेकाे थियाे । 

उपाध्यक्ष फातिमाको नेतृत्वमा चार दिनका लागि नेपाल आएको एमसीसीको प्रतिनिधिमण्डलले आज बिहानैदेखि भेटघाटलाई तीव्र बनाउने कार्यसूची थियाे । अमेरिकी टोलीले आज माओवादी अध्यक्ष प्रचण्डलाई भेट्ने छ भने अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल र त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यसूची छ । 

अमेरिकी दूताबासले दिएको जानकारी अनुसार नेपाल बसाइका क्रममा फातिमाले एमसीसीसँग जोडिएका केही बिजनेश कम्युनिटीका मानिसहरुलाई पनि भेट्नेछिन् ।

सन् २००८ देखि एमसिसी कार्यक्रममा सहभागी हुन प्रयास गरेको नेपाल सन् २०११ मा यसका लागि छनोट भएको थियो। 

त्यसपछिका सबै सरकारले नेपालमा एमसिसी अघि बढाउन पहल गर्दै आएका थिए। डिसेम्बर २०१४ मा एमसिसी सम्झौताको कार्यविधि तयार भएको थियो। त्यति बेला नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारमा प्रधानमन्त्री सुशील कोइराला र अर्थमन्त्री रामशरण महत थिए। सन् २०१७ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन सरकार भएका बेला एमसिसी सम्झौता भएको थियो। वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नै त्यति बेला प्रधानमन्त्री र हालका कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री थिए।

१४ सेप्टेम्बर २०१७ मा नेपालका तर्फबाट कार्की र एमसिसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जानाथन जी नाशले वासिङ्गटन डिसीमा सम्झौतामा हस्ताक्षर गरेका थिए। नेपाल सरकार र एमसिसीबीच सम्झौता कार्यान्वयन गर्ने सम्झौता पनि भइसकेको छ। सेप्टेम्बर २०१९ मा सम्पन्न भएको सम्झौतामा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री युवराज खतिवडा र एमसिसीका तर्फबाट कम्प्याक्ट अपरेसन उपप्रमुख एन्थोनी वेलचारले हस्ताक्षर गरेका थिए।

स्मरण रहाेस् नेपालमा २०७७ असार मसान्तसम्ममा ५२ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ।

बिगत एक बर्ष देखी MCC लाई लिएर देश बिभाजित छ। यति धेरै बहसित बिषयमा सरकारी थिंक ट्यांक

@Nepal_PRI

ले गज्जबको अध्ययन गरेर सरकारलाई सुझाब दिएको भए समाजमा informed बहस हुन सक्थ्यो। यस्तै काम गर्न यो संस्था गठन भएको होईन र? औचित्य साबित गर्ने ठुलो मौका थियो, तर संस्था चूक्यो !

गाउँ सहर संवाददाता