भिडिओ स्ट्रिमिङ्ग कन्ट्रोल प्यानल माध्यमद्वारा विश्व चुम्दै एक नेपाली कम्पनी
- गाउँ सहर संवाददाता
- ७ जेठ शुक्रबार, २०७८ | ११:२८:०० मा प्रकाशित

काठमाडाैँ । प्रविधि बेगरकाे विश्व कस्ताे हुन्छ हाेला है... ?
...अहिलेकाे विश्व यहाँ आइपुग्याे, तर दशकअगाडिकाे अवस्था यति सहज र विश्वासनीय थिएन । थाेरै कमकाे पहुँचमा मात्र थियाे प्रविधि ।
किनकी हामी प्राचिन ज्ञानमा आधारित र परम्परागत स्राेतकाे प्रयाेगमा नै रमाएका थियाैँ । तर अहिले विश्वले छलाङ्ग मारेकाे छ अनि त प्रविधिकाे प्रयाेग र आयाममा बढाेत्तरी छाउन पुगेकाे छ । महामारीजस्ता विपत्तले त यसकाे दायरा झनै फराकिलाे बनाइदिएकाे छ ।
अहिले त यत्र, तत्र अनि सर्वत्र भएकाे छ प्रविधि र यसकाे प्रयाेग । सबै पक्षरूमा यसले नै जरा गाडेकाे छ ।
के गाउँ अनि के शहर, विश्वकाे एक कुनाबाट कुनै अर्काे देशकाे कुनामा हामीले सहजता महशुष गरेका छाैँ र वैदेशिक सेवा र व्यापार, लगानी र साेचका कुरा गर्न भ्याएका छाैँ ।
संसार फराकिलाे पनि छ अनि संसार सानाे माउसमा पनि छ भन्ने बनाएकाे छ प्रविधिले आज । सबैकाम प्रविधिमार्फत गर्नुपर्ने भएकाे छ । जस्ताेसुकै कठिन परिस्थितिमा पनि प्रविधकाे साथले सहज, सरल र आनन्दादायी बनाएकाे छ जीवन ।
यहि परिवेशमा नेपाली सफ्टवेयर VDO Panel ले विश्व बजारमा छोटो समयमानै आफ्नो छुट्टै परिचय बनाएको छ ।
नेपालको सुदूरपूर्वको सुन्दर जिल्ला इलाम मा रहेको कम्पनी एभरेष्ट काष्ट प्रा.लि. ले बनाएको भिडिओ स्ट्रिमिङ्ग कन्ट्रोल प्यानल “VDO Panel” अहिले ५४ देशका विभिन्न भिडिओ स्ट्रिमिङ्ग होस्टिङ्ग प्रोभाइडर्स, टिभी च्यानल्स, आइपिटिभी, मिडिया एजेन्सी, धार्मिक संस्थाहरु, इन्टरनेट टिभी प्रोभाइडर, डेटा सेन्टर्स, आइएसपी आदिले प्रयोग गरिरहेका छन् ।
दुर दराजबाट विभिन्न मुलुकका ग्राहकहरूलाई सेवा दिन पाउँदा खुसी लाग्ने बताउँछन् कम्पनीका संथापक तथा प्रबन्ध निर्देशक जीवन नेउपाने ।
वास्तवमा के हो VDO Panel ? भन्ने हाम्रो प्रश्नलाई नेउपाने भन्छन्:
VDO Panel गएको वर्ष २०७७ साउन २६ गते अर्थात अगस्ट १०, २०२० मा पहिलो संस्करण सार्वजनिक गरिएको थियो र करिव यो १० महिनाको समयमा हाम्रो कन्ट्रोल प्यानल चलाउने ग्राहकहरू ५४ देशबाट जोडिएका छन् र यो एकदमै उत्साहजनक रहेको छ ।

VDO Panel वास्तवमा के हो भन्ने बुझ्नुभन्दा पहिले स्ट्रिमिङ्ग भनेको के हो भन्ने बुझ्न जरुरी छ । स्ट्रिमिङ्ग भनेको फाइलहरू डाउनलोड नगरिकन भिडिओ हेर्ने वा अडिओ सामग्री सुन्ने एक विधि हो । VDO Panel लिनक्स अपरेटिङ्ग सिस्टममा चल्ने भिडिओ स्ट्रिमिङ्ग कन्ट्रोल प्यानल हो ।
यसलाई अझै सरल भाषामा भन्नुपर्दा VDO Panel को माध्यमद्वारा कुनैपनि टेलिभिजनलाई अनलाइनमा लाइभ गर्न सकिन्छ भने कुनै पनि ठाउँका भएका सभा, सम्मेलन, गोष्ठी, कार्यक्रम, खेदकुद आदिलाई इन्टरनेटको माध्यमद्वारा प्रत्यक्ष प्रसारण गर्न सकिन्छ । यसैगरी कुनैपनि संवाददाताले कुनैपनि कार्यक्रमको सिधै आफ्नो स्मार्टफोनबाट टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्न समेत सकिन्छ ।
यसको साथसाथै कुनैपनि भिडिओहरुलाई सर्भरमा अपलोड गरेर समय तालिका अनुसार प्रसारण समेत गर्न सकिन्छ भने उक्त प्रसारणलाई विभिन्न सामाजिक संजालहरु जस्तै Facebook, YouTube, Twitch, Periscope, DailyMotion आदिमा प्रत्यक्ष तथा तालिकामा राखेर रिले गर्न पनि सकिन्छ ।
यस VDO Panel मा त्यस्ता अरुपनि धेरै विषेश विषेशताहरु रहेका छन जसले गर्दा विश्व बजारमा एउटा फरक पहिचान बनाउन सफल भएको छ साथै कम्पनीले ग्राहकहरुको माग अनुसार नयाँ संस्करणहरु निरन्तर रुपमा ल्याउने लक्ष्य राखेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस