दृष्‍टिकोण

 काठमाडाैंलाई प्रत्येक वर्ष रित्याइदिने दसैँ, क्रमशः ट्र्रयाकमा अाउँदै

१० दिन, सनातन सम्बन्ध र संस्कृतिले जोडिएकाे समाज

काठमाडाैं । काठमाडाैंलाई प्रत्येक वर्ष रित्याइदिने पर्व हाे दसैँ । यसै परिबेसले पनि दसैँलार्इ  राष्ट्रिय मिलनको पर्वका रूपमा हेर्न सकिन्छ । नेपाली समाजले दसैँलाई पारिवारिक मिलनसँगै सामाजिक, समुदायिक,  राष्ट्रिय मिलनको पर्वका रूपमा नेपालीहरूले  ग्रहण गरेक छन् ।

सामाजिक सञ्जालमा आउने समृद्धि र प्रगतिको शुभकामना सन्देश हेर्दा सबै नेपाली एकअर्का सँग भाइचारा बढेकाे भान हुन्छ । दसैँमा काठमाडाैंबाट लाखाैँ मानिस बाहिरिएका छन्, क्रमशः विजयादशमीकाे भाेलीपल्टबाट फर्कन पनि थालिसकेका छन् ।  

उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा दसैंकाे पहिलाे दिनबाटै वृद्धि हुँदै गएको थियाे । उपत्यकाको थानकोट, जगाती, दक्षिणकाली र बालाजु नाका हुँदै यात्रु बाहिरिएका थिए । 

महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार लम्सालका अनुसार दशैँमा करिब २३ लाख बढी मानिसहरू बाहिरिएकाे तथ्यांक छ । दशैँ लागेसँगै नीजि सवारी साधनदेखि सार्वजनिक सवारीसाधनमा यात्रु बाहिरिने गरेका थिए । उनले भने तर अहिले फर्कनेक्रम बढेकाे छ ।  

महाशाखाले दसैं, तिहार र छठ पर्वलाई लक्ष्य गरी उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको भएपनि समस्या उस्तै थिए । उपत्यकाको कलङ्की, स्वयम्भु, नयाबसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानो बसपार्क, नागढुङ्गा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको थियाे ।

यसरी बाहिरिएकाहरूले आआफ्ना ठाउँमा गएर वर्षभर सिकेका कुरा ‘सेयर’ गर्ने चलन पनि बढ्न थालेको छ । जुवातास खेल्ने प्रचलनलाई ‘हल्का रमाइलो’का रूपमा सीमित गर्दै जुवालाई न्यून गरेर  दसैँलाई मिलन पर्व बनाउने चलन बढ्दो छ । 

देश धर्म सापेक्ष, निरपेक्ष वा कुनरूपमा छ भन्ने बहस यो १० दिनमा पूर्णरूपमा अस्वीकृत हुन्छ । नेपाली समाज विभिन्न नाममा खण्डित हुँदैछ । क्रमशः बढ्दै गएको बेफुर्सदीले पनि समाजिक अन्तरक्रियालाई कमजोर बनाइदिएको छ । सहकार्य र साझा प्रयत्नमा सुधार र परिवर्तनका अभियान अगाडि बढाउने चलन कमजोर भइरहेको छ । दसैँले सामाजिक एकताको विकास गरेकाे छ । हामीले भोगिरहेको सामाजिक अवस्था र यथार्थमा पनि दसैँका १० दिन भने सबैले आपसी सम्बन्ध सुदृढ देखाउने कोसिस गरिरहेका हुन्छन् ।

दसैँका १० दिन र हाम्रो सनातन सम्बन्ध, संस्कृतिले समाजलाई जोडेको छ । अन्य धर्मावलम्बी पनि यस पर्वलाई सांस्कृतिक र समाजिक पर्वका रूपमा लिएर उल्लासमा सहभागी हुन चाहिरहेका देखिन्छन् ।

पछिल्लो समयमा पशु हिंसालाई वर्जित गर्नुपर्छ भन्ने बहस पनि तर्कसंगतरूपमा, संगठितरूपमा र अरूलाई सहमत गराउन सक्ने सामथ्र्यका साथ प्रस्तुत भइरहेको देखिएको छ ।

हिंसाको अस्वीकृति र सम्बधमा प्रगाढता, पछिल्ला दिनमा दसैँ बहस हुने यी  विषयलाई एक दिन समाजले ग्रहण गर्नेमा दसैँले अपेक्षा प्रकट गरेको छ ।  तर, यस्तो सोच किन दसैँका १० दिनमात्र आउँछन् । यस्ता सोच  हाम्रो दैनिक जीवन शैलीमा हुन सक्दैनन्, के छ यो दस दिनमा जसले हाम्रो सोच्ने शैली नै बदलिदिन्छ ? दसैँका १० दिनमा आफूलाई आत्मसमीक्षा गर्न प्रेरित गर्छ, भावि दिनहरू आत्मीय बनुन् भन्ने भावना जगाइदिन्छ । शुभकामना दिनेहरूले शुभकामनाकाे अर्थ पहिले आफूले अनुसरण गर्नु पर्छ भन्ने संकल्पका साथ दसैँ मनाउन थाल्ने हो भनेमात्र दसैँको १० दिनको रहस्य बुझ्न सकिनेछ, सम्बन्धमा प्रगाढता ल्याउन सकिनेछ । 

भाेली दसैंकाे पूर्णिमा, फेरी काठमाडाैं भरिनेछ । वर्षभरीकाे भेट र अात्मियताकाे पर्वलाइ अर्काेवर्ष भेट्ने बाचा गरेर पुनः दैनिकीमा फर्कनुपर्ने हुन्छ । यसपटक महान चाडपर्व र त्यसकाे विदा कटाैतिबारे अधिकका गुनासाले दसैंमा चर्चा पाएकाे देखिन्छ । विदाकाे समय कम भएकाेले अाउने र जाने टुंगाे नहुँदा दुर्घटना बढेकाे कुराहरू पनि बाहिर अाएका छन् । उनीहरूले गूनासाे गरेका छन्, टाढाकाे मानिसहरूलाइ चाड हाे भन्ने भएकाे छैन, हताराेमा महान चाड मनाउनुपर्ने वाध्यताले गाह्राे भयाे ।

जसरी भएपनि महान चाडलाइ भाेलिबाट विदा गर्दै दैनिकीमा फर्कनुपर्ने वाध्यता हामीसँग छ । अनेक अल्झनलाइ पाखा लगाउँदै नविन याेजना, प्राप्ति र उपयाेगमा याे दसैंकाे अाशिष काम लागाेस् । सबैलाइ गरिखाने ठाउँ मिलाेस्, भाेकाे काेही बस्नु नपराेस्, देशमा शान्तिसँगै विकासका मूलहरू फुटेर जाउन, युवा विदेशिनेक्रम राेकियाेस, दुर्गा भवानीसँग् मागिएका यी कुराहरू पूरा हाेस् भन्ने कामना ।

तपाईँको मत