पत्र-पत्रिकाबाट

रौतहटमा झडप, स्थिती नियन्त्रणमा लिन अश्रृग्यास प्रहार

  • ४ असोज बिहीबार, २०७५ | ०५:४८:०० मा प्रकाशित

रौतहट । शव जलाउने विषयमा विवाद हुँदा रौतहटमा गोली चलेको छ। रौतहटको गरुडा नगरपालिका वार्ड नम्बर ९ श्रीपुर नजिक गम्हरिया टोलकी मृतक महिलाको शव जलाउने क्रममा विवाद भएको हो। विवादले उग्र रुप लिएपछि गम्हरिया र श्रीपुरका स्थानीयबीच ढुंगा हानाहान भएको थियो। घटनामा दुवै पक्षका गरी दर्जनौँ घाइते भएका छन्।

गरुडा नपा ९ गम्हरियाकी ३५ वर्षीय भंगियादेवीको मृत्यु भएपछि श्रीपुर नजिक दाहसंस्कार गर्न लगिएको थियो। गम्हरिया गाउँको शव श्रीपुर नजिक जलाउन अवरोध गरेपछि दुई गाउँलेबीच झडप भएको हो। झडप हुन थालेपछि इलाका प्रहरी कार्यालय गरुडाका सई सुरेशकुमार गुप्ताको कमान्डमा गएको प्रहरी टोलीले झडपलार्इ नियन्त्रण गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण भएपछि प्रहरीले स्थितीलार्इ नियन्त्रणमा लिन पाँच सेल अश्रृग्यास प्रहार गरेको थियो। 

घटनामा सई गुप्ता सामान्य घाइते भएका छन् भने दुवै पक्षका गरी दर्जनौँ स्थानीय समेत घाइते भएका छन्। घाइतेमध्ये १६ जनाको उपचार गरुडा स्थित रोमा अस्पतालमा भइरहेको छ। घाइते मध्ये दुई महिलाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। स्रोत नागरिक दैनिक

तपाईँको मत