प्रविधि

युवाहरुको रगतले बुढ्यौलीमा हुने विस्मृति, क्यान्सर र मुटुसम्बन्धी रोग रोकिदिन्छ

  • ३ असोज बुधबार, २०७५ | २३:०७:०० मा प्रकाशित

जीवन स्वस्थ र दीर्घ बनाउन एउटा नयाँ उपाय पत्ता लागेको छ । आफ्नो शरीर जवान व्यक्तिको रगत हाल्ने । 

युनिभर्सिटी कलेज लन्डनका वैज्ञानिकहरुका अनुसार युवाहरुको रगतले उमेर बढ्दै जाँदा हुने विस्मृति, क्यान्सर र मुटुसम्बन्धी रोग रोकिदिन सक्छ ।

नेचर जर्नलमा प्रकाशित अध्ययनले जनावरमा गरिएको परीक्षण सकारात्मक भएको देखाएको छ ।

जवान मुसाको रगत दिइएपछि पाका मुसाहरुमा उमेरसँग सम्बन्धित रोगहरु नदेखिएको अध्ययनले जनाएको छ । 

यसको अर्थ स्वस्थ रहन सघाउने तत्वबारे थाहा पाउन रगतको अझ गहन अध्ययन हुनुपर्छ । ब्रिटिश वैज्ञानिकहरुले जनावरमा थप परीक्षण आवश्यक भएको बताएका छन् । अमेरिका भने यस क्षेत्रमा अगाडि छ । सान फ्रान्सिस्कोस्थित एउटा कम्पनीले मानिसमा यस्तो परीक्षण् गर्दै आएको छ । 'एम्ब्रोसिया' ले किशोरकिशोरीबाट सङ्कलित प्लाज्मा ८,००० डलर मा बेच्छ । कलेस्टरलको मात्रा घट्ने आदि सुधार बिरामीमा देखिएको सो कम्पनीका संस्थापकले बताएका छन् । 

मुसामा १५० वर्षअघि प्रयोग गरिएको प्रविधिबाट प्रभावित भएर यो विधि थालिएको हो । 

दुइवटा मुसाको रक्तसञ्चार प्रणाली शल्यक्रियामार्फत् जोडिदिँदा सञ्चारित रगतले तिनका अंग, मांशपेशी र स्टेम सेललाई पुनर्ताजगी प्रदान गरेको अध्ययनहरुले देखाएका छन् । 

तर यो नैतिक विषय पनि हो । चाहिएको व्यक्तिलाई रक्तदान गरेको भन्ठान्ने युवाहरुबाट संकलित रगत किन्ने विषय । 

ये उपचारविधिले फाइदा पुग्छ भनेर प्रमाणित गर्न चिकित्सकीय आधार नभएको आलोचकहरुको दाबी छ । 


 

तपाईँको मत