स्वास्थ्य

धेरै रिस उठ्छ भने गहिरो श्वास लिनुहोस्, जान्नुहोस् किन ?

111ideas

जब तपाइँलाई रिस उठ्छ भने गहिरो श्वास लिनुहोस् । तपाइँले गहिरो श्वास लिनुभयो भने मस्तिष्कमा भएको भेगस नर्व शरीरलाई संकेत दिन्छ कि उसले मांसपेशिलाई ढिला छोड्छ र शान्त हुन्छ । भावनालाई सहि दिशा दिनमा शारीरिक गतिविधिलाई ध्यान दिनु आवश्यक छ । विशेषगरी यदी तपाइँको लागि रिसलाई नियन्त्रणमा गर्न मुश्किल भइरहेको छ भने तपाइँ कुनै सकारात्मक र सृजनात्मक शारीरिक गतिविधिमा सामेल भएको राम्रो हुन्छ ।

तपाइँ आफ्नो रिसलाई नियन्त्रण गर्न व्यायाम, जगिंग, वाकिंग आदिको आवश्यकता हुन्छ । जब रिस आइरहेको भए आफैँसँग कुरा गर्नुपर्छ । आफैँलाई भनिएको शब्दले आफैँलाई रिस आउँदैन । रिसलाई स्वयं हावी हुने मौका दिएर तपाइँ जीवनमा धेरैकुरा गुमाउँदै हुनुहुन्छ । आफ्नो मान-सम्मान, प्रियजन, साथी र अधिक यो रिसको अग्निमा स्वाहा गरिरहेका छौँ ।

रिसमा भनिने सही कुरापनि थाहा हुँदैन । अधिक मानिसमा क्रोधलाई दमन गर्दछन, दोहन होइन । उनीहरु आफ्नो रिसबाट बच्न चाहन्छन् । यसबाट क्रोध समाप्त हुँदैन झन राप बनेर निस्कन लाग्दछ । यसले तपाइँको श्वास्थ्यलाई झन प्रभाव पार्ने गर्छ । यस्तो अवस्थामा ध्यानले काम गर्नुपर्छ । ध्यानले मानसिक रुपमा शान्ति प्रदान गर्दछ र भावनाको प्रवाहलाई सृजनात्मक बनाउन सहयोग गर्दछ । दैनिक बिहान केवल बीस मिनेट ध्यान गर्दा तपाइँको दिनभर राम्रो हुनेछ । रिसलाई टाढा भगाउन संगीत पनि अचुक माध्यम हो ।
 

तपाईँको मत