गाउँ सहर

गरिबी निवारण कोषको आयोजनामा ‘सहकारी विकास तथा व्यवस्थापन तालिम’   

काठमाडौँ । गरिबी निवारण कोषको आयोजनामा ३ दिने ‘सहकारी विकास तथा व्यवस्थापन तालिम’ सुरु भएको छ ।

कोषको केन्द्रीय सचिवालय, काठमाडौँमा आज बुधबारबाट तालिमको सुरुवात भएको हो ।

तालिममा सबै जिल्लाका कार्य प्रबन्धक, सविवालय अधिकृत र कार्यक्रम सहायक सहित करिब ३५ जनाको सहभागिता रहेको छ । 

सहभागिहरुलाई सहकारी विकास तथा व्यवस्थापन सम्वन्धि विषयमा जानकारी प्रदान गरि सहकारीको प्रशिक्षकको रुपमा तयार गर्ने उद्येश्य रहेको सञ्चालक समिति सदस्य तथा तालिमको उदघाटन तथा अध्यक्ष नारायण कोइरालाले बताए । 

उनले भने, ‘तालिमले गरिबी निवारण कोषको सहयोगमा गठन भई घुम्तिकोष सञ्चालन गरिरहेका सामुदायिक संस्थाहरुलाई संस्थागत विकास गर्दै सहकारीमा आवद्ध गराई घुम्तिकोषको रकमलाई सही रुपमा आयआर्जन तथा व्यवसाय विकास सञ्चालन गरि सामुदायिक संस्थाहरुको घुम्तिकोषको रकमलाई दिगो विकास गर्ने क्रियाकलापहरु जिल्ला स्तरमा सञ्चालन गर्न महत्वपुर्ण भूमिका खेल्न सक्छ ।’ 

तालिमको सञ्चालन कार्यक्रम संयोजक केडी भट्टले गरेका थिए । तालिम परिक्षणको कार्य रुद्रप्रसाद पराजुली र दिर्धराज सापकोटाले गरेका थिए । 

तालिम ५ गते अर्थात शुक्रबार सम्पन्न हुनेछ ।
 

तपाईँको मत