समाज

मरहा नदीबाट पाँच लाख लुटियो

  • २ असोज मंगलबार, २०७५ | २०:३९:०० मा प्रकाशित

महोत्तरी । महोत्तरीको गौशालास्थित मरहा नदीबाट एक व्यक्ति लुटिएका छन् । 

मोटरसाइकल चढी गौशालातर्फ आइरहेका समयमा मनरासिस्वा नगरपालिकाका विनोद चौधरीको साथबाट आज दिउँसो अज्ञात समूहले रु ५ लाख लुटेको हो । 

इलाका प्रहरी कार्यालय गौशालाका अनुसार चौधरीलाई नदीमा एक्लो भएको मौका छोपी मोटरसाइकलमा आएका तीन जनाको समूहले पेस्तोल देखाएर उनीसँग रहेको रु ५ लाख लुटेर फरार भएको जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिए । रासस

तपाईँको मत