दृष्‍टिकोण

समाजवाद विवाद र तर्कमा मात्र, नेपालमा कुनै प्रयाेग छैन

समाजवादमा सहभागितामूलक लोकतन्त्र जोडिए बामपन्थी कम्युनिस्ट समाजवाद बन्छ । समाजवादमा माक्र्सवाद जोडिएर सुत्र बन्छ । समाजवादमा भोटको प्रजातन्त्रमा बुर्जुवा उदारवाद बन्छ । समाजवादमा जनतालाई सिद्धान्तको हतकडी र कानुनी बन्देज लगाउन हुँदैन, बरु खुला स्वतन्त्रता दिनुपर्छ । त्यसोभए के हो त समाजबाद ?

समाजवाद एउटा आदर्श आर्थिक तथा राजनीतिक प्रणाली हो । समाजवादी राज्य प्रणालीमा राज्यद्वारा नागरिकहरुको आधारभूत आवश्यकताहरु जस्तै गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, सुरक्षा आदि समान ढंगले  प्रत्याभूत गराइने राजनीतिक तथा आर्थिक प्रणाली हो ।

समाजवादका धेरै प्रकारहरू छन् जस्तै काल्पनिक समाजवाद, कम्युनिस्ट वैज्ञानिक समाजवाद, फेबियन समाजवाद, जर्मनीका पुनरावृत्तिवाद, सिंडिकवाद र गिल्ड समाजवाद, ईसाई समाजवाद, वीपीको प्रजातान्त्रिक समाजवाद आदि छन् भने नेपालमा मार्क्सकाे कम्युनिस्ट वैज्ञानिक समाजवाद र वीपीको प्रजातान्त्रिक समाजवादलाई मात्र प्राथमिकता दिएकाे पाइन्छ ।  यहाँ  मार्क्सकाे कम्युनिस्ट वैज्ञानिक समाजवादी र प्रजातान्त्रिक समाजवादि राज्य प्रणाली, अर्थव्यवस्था र नेपालकाे परिवेशमा समाजवादको  चर्चा  गरिएकाे छ । 

कस्तो छ त समाजवादको विश्व ईतिहास ?

सन् १७८९ मा भएको फन्सेली राज्यक्रान्तिबाट समाजवादको सुरुवात भएको पाईन्छ । संसारको पहिलो निर्वाचित समाजवादी पार्टी भने अष्ट्रेलियन समाजवादी पार्टी हो । जुन सन् १८९९ मा स्थापना भएको थियो । पछि सन् १९६७ मा प्रकाशित कार्ल मार्क्सद्वारा लेखिएको पुस्तक ‘पुँजी’मा समाजवादी अर्थव्यवस्थाको बारेमा विस्तृत बयान गरेको पाइन्छ ।

नेपालमा  मार्क्सकाे समाजवाद (वैज्ञानिक समाजवाद) काे निकै बहस हुने गर्छ । वैज्ञानिक समाजवादका जन्मदाता कार्ल मार्क्स हुन् । कार्ल मार्क्स र फडरिक एगल्सले सन् १८४८ मा प्रकाशित गरेको कम्युनिष्ट घोषणापत्रमा पहिलोपटक वैज्ञानिक समाजवाद के हो भन्ने स्पष्ट पारिएको छ ।  यो राज्य प्रणालीले सार्वजनिक सम्पत्तिको सुरक्षा, प्रबर्द्धन र विकासमा जोड दिन्छ । यस्तो प्रणालीमा व्यक्तिगत सम्पत्तिको कमै महत्व हुन्छ ।

प्रजातान्त्रिक समाजवादी विचार मार्क्सकाे समाजवाद (वैज्ञानिक समाजवाद) काे ठिक उल्टाे छ  । प्रजातान्त्रिक समाजवाद मा प्रजातन्त्र र समाजवाद मिसमास छ । यो  कहिले बुर्जवा प्रजातन्त्रवादी जस्तो  कहिले आदर्श समाजवाद जस्तो देखिन्छ । यसले पुँजीको विकासलाई महत्व दिइन्छ ।  जतिजति पुँजीवादमा संकट आउँछन्, त्यति नै पुँजीवादले आफ्नो अनुकूलन क्षमता विकास गर्नेछ । यसर्थ पुँजीवादको विघटन हैन, बरु पुँजीवाद भित्रैबाट समाजवाद निर्माण गर्नुपर्छ भन्ने कुरालाई प्रजातान्त्रिक समाजवादले जाेड दिन्छ ।

प्रजातान्त्रिक समाजवादी विचारले वैज्ञानिक तरिकालाई अपनाएर  उत्पादन बढाउन प्रोत्साहित गर्ने गर्छ । यस्ताे व्यवस्थामा नाफालाई महत्व दिएर खुला बजारको निर्माणमा जाेड लिन्छ ।  निजीकरणमा रोक हुँदैन, धन सम्पत्ति कमाउन र व्यक्तिगत सम्पत्ति कमाउनमा स्वतन्त्रता हुन्छ,  व्यक्तिगत सम्पत्तिको अधिकार सुनिस्चित हुन्छ । निजी उद्योग र कम्पनी आदिलाई स्वतन्त्रता दिन्छ ।

कस्तो हुनुपर्छ समाजवादी अर्थव्यवस्था ?

मार्क्सकाे समाजवादी अर्थव्यवस्थाको उत्पादनका मुख्य चार साधनहरु   श्रम, उद्यमशीलता, वस्तुगत पुँजी, प्राकृतिक संसाधनहरु हुन् । मार्क्सकाे समाजवादी अर्थ व्यवस्थामा श्रमलाई महत्व दिइन्छ तर पुँजीवादी अर्थव्यावस्थामा पुँजी लगानीकर्ताको महत्वको बिषय हुन्छ । यस प्रणालीमा  प्रत्येकले आआफो क्षमता अनुसारको योगदान  नागरिकले आआफो योगदानअनुसारको हिस्सा प्राप्त गर्ने अधिकार राख्दछन् । मार्क्सकाे समाजवादी अर्थ व्यवस्थामा काम अनुसारको  दाम पाइने ग्यारेन्टी गरिएको हुनाले नागरिकहरु राज्यले अर्हाएको काममा खटिन तयार हुन्छन् ।

प्रजातान्त्रिक समाजवादि राज्य प्रणालीकाे अर्थव्यवस्थामा पुँजीको विकासलाई महत्व दिइन्छ ।  जतिजति पुँजीवादी संकट आउँछन्, त्यति नै पुँजीवादले आफ्नो अनुकूलन क्षमता विकास गर्नेछन् यसर्थ पुँजीवादको विघटन हैन, बरु पुँजीवाद भित्रैबाट समाजवाद निर्माण गर्नुपर्छ भन्ने कुरालाई प्रजातान्त्रिक समाजवादले जाेड दिन्छ  ।

वैज्ञानिक तरिकालाई अपनाएर  उत्पादन बढाउन प्रोत्साहित गर्ने, ब्यवसायका लागि सस्तो ब्याजमा किर्जा वितरणको व्यवस्था आदि आवाज उठाएकाे छ । व्यक्तिगत सम्पत्तिको नियन्त्रण प्रणाली, निजी उद्योग र कम्पनी निर्माणमा स्वतन्त्रता दिन्छ । नाफालाई महत्व दिएर  खुला बजारको निर्णमाण जाेड लिन्छ । निजीकरणमा रोक हुँदैन । धन सम्पत्ति कमाउन र व्यक्तिगत सम्पत्ति कमाउनमा स्वतन्त्रता हुन्छ, मानव अधिकारमा ग्यारेन्टी गरिएको हुन्छ । 

कस्वितो छ विश्वमा समाजवादी देशहरुकाे आर्थिक प्रणाली ?

प्रजातान्त्रिक समाजवादिहरूले सामाजिक सुधार, मजदुरहरूको सुविधामा वृद्धि, राज्यको न्यायपूर्ण रूपान्तरण, राज्यमाथि सामाजिक नियन्त्रण, मुआब्जा र क्षतिपूर्ति, लोकतन्त्र निर्माण र संसदीय संघर्षजस्ता कुराको पक्षमा समाजवादीले यस्ता काम समाजवाद प्राप्त गर्नकै लागि गर्नुपर्ने मान्थे । तर कम्युनिस्टहरू भने पुँजीवादको ध्वंस चाहन्थे । यसका लागि सर्वहारा राज्य र राज्य नियन्त्रित अर्थव्यवस्था चाहन्थे । यस व्यवस्थामा काम अनुसारको  दाम पाइने ग्यारेन्टी गरिएको अर्थव्यवस्था चाहन्थे । सहकारीकरण, सामूहिकीकरण र लोककल्याण जस्ता विधिबाट पुँजीवादको चरित्र फेर्न सकिने मान्दथे ।   

संसारका अधिकाङ्शत मुलुकमा प्रजातान्त्रिक समाजवाद, विश्वव्यापीकरण र खुला बजार अर्थतन्त्रनै लागु गरिएको पाइन्छ । संसारका अति कमै देशहरुमा मात्रै वैज्ञानिक समाजवादि आर्थिक प्रणालीको उदाहरण पाइन्छ । ती देशमा विश्वव्यापीकरण र खुला बजार अर्थतन्त्रको प्रभाव समाजवादी आर्थिक प्रणालीमा लागु गरिएको पाइन्छ ।

नेपालकाे परिवेशमा समाजवाद

नेपाललको संविधानमा नेपाल एक समाजवाद उन्मुख राज्य भनी उल्लेख गरिएको छ । हाल नेपालमा समाजवादको कुनै प्रयाेग छैन किनभने विश्वव्यापीकरण र खुला बजार अर्थतन्त्र नै लागु गरिएको छ । सैदान्तिक हिसाब ले कतै नामिल्ने तालमेलले पनि यहि दखिन्छ । समाजबाद एउटा आदर्श हो तर  नेपालमा समाजवाद एउता राजनैतिक एजेन्डा मात्र हो यसले दलहरूका लागि चुनावमा भोटको अस्त्र को रूपमा मात्र काम गर्छ ।

नेपालमा समाजवादका विषयमा बहस गर्ने अनेक धारहरू छन्  जसमा प्रजातान्त्रिक समाजवादि धार र बामपन्थी समाजवादी (माक्र्सवादी) कम्युनिस्ट धार प्रमुख हुन् तर यिनीहरु उस्तै होइन । त्यसैले हामी समाजवादको लागि छटपटी रहेका छाैं । सायद हाम्राे पुस्ता समाजवादको कुरा गर्न र छट्पटीन मात्र जन्मिएको हो । 

प्रजातान्त्रिक समाजवादी विचारमा प्रजातन्त्र र समाजवाद मिसमास छ, यो सुधारिएको नवउदारवादी विचार जस्तै हो यसले पुँजीवाद भित्रैबाट समाजवाद निर्माण गर्नुपर्छ भन्ने कुरालाई जाेड दिन्छ । तर नेपालका प्रजातान्त्रिक समाजवादीहरू सुस्त छन् । उनीहरूलाई समाजवाद ल्याउने कुनै चटारो छैन । अझ प्रजातान्त्रिक नेताको बजारप्रेम र निजीकरणको बढावाले अर्थतन्त्र धोवस्त परेको हेर्दा प्रजातान्त्रिक समाजवादको नेपाली स्वरूप टाढैबाट झल्किन्छ ।

समाजवादको कुरा गर्ने  बामपन्थी समाजवादी धार (माक्र्सवादी) र दोस्रो प्रजातान्त्रिक समाजवादी धार । बामपन्थी समाजवादी (माक्र्सवादी)  मूलतः कम्युनिस्टको धार हो ।  यस प्रणालीमा  प्रत्येकले आआफो क्षमता अनुसारको योगदान आआफ्नाे योगदान अनुसारको हिस्सा प्राप्त गर्ने अधिकार राख्दछन् । निजीकरणको अन्त्य र सम्पूर्ण रूपमा व्यक्तिमाथि सामाजिक नियन्त्रण लगायतका सम्भावनामा नेपालका बामपन्थी कम्युनिस्टको कुनै चासो देखिदैन । यिनीहरु त झन् झन्  पुजीपति ब्यपारी नोकरशाहीका दलाल भएर देखा परेका छन् । 

नेपाललको संविधान २०७२ को भाग १ को धारा ४ मा नेपाल एक समाजवाद उन्मुख राज्य भनी उल्लेख गरिए पनि व्यवस्था स्पष्ट छैन ।  समानता र न्यायपूर्ण प्रणाली, भेदभावरहित राजनीतिक तथा आर्थिक प्रणाली, राज्यबाट आधारभूत कुराको सुनिश्चितता, प्राकृतिक स्रोत साधनको समुचित उपयोग आदि कहिले हुने ?

बीपी कोइराला प्रजातान्त्रिक समाजवादका सम्बन्धमा भन्छन्, ‘साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ । समाजवादबाट लोकतन्त्र हटाइदियो भने त्यो साम्यवाद हुन्छ ।’ यद्यपि बीपीले भनेको ‘समाजवाद’ र ‘प्रजातन्त्र’ दुवैलाई आज उनकै पार्टीले विरूप गरेको छ । किनभने बीपी को प्रजातान्त्रिक समाजवाद पनि ‘भोट माग्ने’ भाँडो मात्रै भएकाे छ ।

तपाईँको मत