प्रविधि

डिस होमको अफर, कतै तपाइँ छुट्नुभएको त छैन !

छिट्टै सर्वसाधारणका लागि शेयर जारी गर्ने तयारीमा

काठमाडौँ ।  एक मात्र स्याटलाइट प्रविधिमा आधारित डीटीएच सेवा प्रदायक डिसहोमले उपभोक्ता माझ ‘डिस होम फ्री अफर’ योजनामा तपाइँ छुट्नुभएको त छैन ? छुट्नुभयो भने पनि चिन्ता नगर्नुस्, याे अफर अझै छ । 

भदौ १ गते बाटै ल्याएको अफर योजना र त्यो भन्दा अगाडिका योजनाहरु अझै बाँकी नै छन् । 

अफरको समयावधी निश्चित नभनिएको कारण अहिलेपनि उपभोक्ताले अफरमै जडान गर्न सक्नेछन् । यसको लागि ग्राहकले जडान उपकरण सित्तैमा प्राप्त गर्नेछन् । 

योजना अन्तर्गत ग्राहकले डिस होम रिचार्ज गर्दा ग्राहकले जडान उपकरण सित्तैमा प्राप्त गर्न सक्ने छन् । अफरमा ‘चम्किनेछ भाग्यमा श्री, रिचार्ज गर्दा डिसहोम फ्रि’ र ‘जति धेरै रिचार्ज त्यति धेरै बोनस’ अफरपनि सञ्चालन गरिरहेको छ । कम्पनीले ‘खुसी अन गरौँ’ अन्तर्गत ५९९९ को डिस होम जोड्दा रु ३००० छुटको व्यवस्था पनि साथसाथै लगेको छ । 

सरकारले लागू गरेको अनिवार्य डिजिटलाइजेसनको नीति अनुसार ग्राहकलाई सजिलै गुणस्तरीय डिस होमको सेवा प्रदान गर्नका लागि र सर्वसाधारणलाई समेत सेवामा आकर्षित गर्न योजना लागू गरिएको कम्पनीले बताएको छ । कोही उपभोक्ता टिभीको सुविधाबाट बञ्चित नहोस् भन्नका लागि नै कम्पनीले यसरी छु्टसहित सामाजिक उत्तरदायित्वमूखी योजना ल्याएको पनि बताएको छ ।

डिस होमको जडान उपकरण निःशुल्क भएपछि डिजिटल सेवा लिने ग्राहक गुणात्मक रुपमा वृद्धि भएको कम्पनीले बताएकाे छ । 

‘सेट अप बक्स’ विनाको एनालग सेवा हेरिरहेका ग्राहकलाई योजना निकै आकर्षक हुने देखिएको छ । 

सन् २००९ मा स्थापित डिस होम नेपालको सबैभन्दा अग्रणी र गुणस्तरीय ‘पे टीभी’ सर्भिस हो । २४ घण्टा ग्राहक सेवा, हरेक वडामा दक्ष प्राविधिक, लोकप्रिय च्यानलका कारण डिस होमको सेवा लाखौं घरमा जडान भइसकेको छ । डिस होम केही समय अगाडि पब्लिक कम्पनीमा रुपान्तरण भइसकेको र छिट्टै सर्वसाधारणका लागि शेयर जारी गर्ने तयारीमा पनि छ ।
 

तपाईँको मत