कला

टुक्काहरु मिल्काइबक्सियोस जस्केलोबाट घाटहरुमा

मैले भोट मौसुफको टुक्कामा प्राण जीवित होला कि भन्ने सोचेर  दिएको हुँ

ThriftyFun & Public Speaking Strategies

हाँसोहरु मुर्दामा परिणत बनाइदिएपछि 
शासक  मौसुफको टुक्का 
दरबारको जस्केलोबाट घाटहरुमा मिल्काइबक्सियोस !

बरु स्यालको कोरस सहन्छु 
मृत्युका चित्रहरु सहन्छु 
बियोग बेदना ,आँसु रगतका धारीला कथाहरू पनि सहन्छु 
तर मलाइ सपना देखाएर तडपाउने टुक्काहरु
मिल्काइबक्सियोस जेस्केलोबाट घाटहरुमा !

मेरो सँबेदनशिलता नबुझ्ने  ती टुक्काहरु निर्जिब भैसके
टुक्काहरु बनाउने मौसफको सिँहदरबार
मेरा लागि चिडियाखाना भैसके 
फगत मेरा रगत चुस्ने जुका पाल्ने चिडियाखाना !
शासक मलाई प्राण भएको वजनदार टुक्का मात्र मनपर्छ
निर्जिब ति टुक्काहरु मिल्काइबक्सियोस जस्केलोबाट 
घाटहरुमा !

मैले भोट मौसुफको टुक्कामा प्राण जीवित होला कि भन्ने सोचेर  दिएको हुँ
न्याय ,सुरक्षा ,रोजगार ,सडक ,सुशासन ,भष्टाचारबाट मुक्ति,
रास्ट्रवाद
यावत बाटोहरुमा कहि नभेटाएर 
सिर्फ भाषणमा मात्रै 
भेटीने ती टुक्काहरु मिल्काइबक्सियोस जस्केलोबाट घाटहरुमा !

तपाईँको मत