कला

“कालो मन”

धनी ससुराली भएपनि हेप्छन् , घरज्वाइँ बसे झैँ सम्झन्छन्

Colourbox

सामान्यतयाः शनिबार बिदा हुने भएपनि अफिसमा नै थिएँ । अफिस सरकारी थिएन । आफ्नै सानोतिनो गरिखाने ठाउँ थियो । आफ्नै गरिखाने ठाउँ भएपछि के बिदा के बन्द के हड्ताल । यस्ता बन्द हड्तालले आफ्नै व्यवसायमा चौपट पार्दथ्यो। त्यसैले घाटा हुने हुँदा कहिल्यै पनि यस्ता काम नभए हुन्थ्यो झै लाग्थ्यो । आफ्नै सानो अफिस भएको हुँदा गर्दागर्दै नभ्याएका कामहरु सक्नको लागि पनि म शनिवार या अन्य बिदाका दिनमा अफिस आउने गर्थेँ ।

यदी सरकारी काम हुँदो हो त , यसरी बिदाका दिन कोही  अफिस आएर काम गर्थ्यो होला त ? यदी काम गर्नै परेपनि कति भत्ता र टि ए डी ए मिलाएर पैसा खान पाइन्थ्यो होला ।  कति योजना बन्थे होला बिदामा । कहाँ कहाँ पुगिन्थ्यो होला घुम्न । अफिस कहिले बिदा होला भनेर भित्ताको क्यालेन्डर र हातको घडी हेर्नमा व्यस्त हुन्थे होलान् यी आँखाहरु । अफिसको भिता तथा टेबुलमा रहेको क्यालेन्डरमा लेखिएको रातो गतेको अंकमाथि पनि आफैंले रातो घेरा लगाइन्थ्यो होला ।  त्यतिले पनि पक्कै पुग्दैनथ्यो र  बिदाकै बारेमा कति जना साथीहरुसँग कुरा गरिन्थ्यो होला । बिदाका योजनाहरु सुनाइन्थ्यो होला । 

बिदापछि लगत्तै अफिस खुलेका दिनमा त बिदामा अरेगरेका काम कुराको गफ लगाउँदैमा ठिक्क हुन्थ्यो होला । श्रीमतीका माग पूरा गर्दागर्दै खल्ती रित्तिएको दुखेसो पोख्थेँ होला । छोराछोरीको साथमा घुम्दाको छुट्टै आनन्दका कुरा गर्थेँ होला । कति कुरा उनीहरूको तारिफमा बिताउँथेँ त कति कुरा आलोचनामा पनि ।  जे जस्तो भएपनि मैले श्रीमतीको भने बढी नै तारिफ गर्थेँ होला । श्रीमती भनेको त जीवनको आधार हो नि । उसले चाहेमा त घर स्वर्ग बनाउन सक्छे । कति जिम्मेवारी छ उसका हातमा । जति जिम्मेवारी हुँदापनि कहिल्यै रिसाएको थाहा छैन मलाई ।

यी कुरा त साथीसँग भन्ने त हो नि ! तर मेरी श्रीमती कहाँ त्यस्ती छ र ? रिसाइ घमण्डी र पाखे जस्ती छ । केही नजाने जस्ती ।  केही नदेखे जस्ती । अलिकति हुनेखानेको घरमा जन्मेको भए यो समस्या हुने थिएन होला । अरु साथीहरुका जोडी देख्दा लोभ लागेर आउँछ । कति चट्ट परेका हुन्छन् । कति सभ्य हुन्छन् । कति हँसिला र पौरखी छन् ।  पौरखी श्रीमती पाउन पनि भाग्यमा लेखेर ल्याउनै  पर्ने हुन्छ  ।

जे होस् ससुराली धनी भए भने आडआधार त पाइन्छ है। ससुरालीको आधारले पनि त धेरैले जीवनमा कायापलट गरेका छन् नि ।

छ्या ससुरालीको आडमा पनि कोही बस्छ ? त्यसरी त ज्यान गएपनि  बस्न हुँदैन । धनी ससुराली भएपनि हेप्छन् ।  घरज्वाइँ बसे झैँ सम्झन्छन् ।  ससुरालीले त हेपे हेपे छिमेकीले धरी हेप्छन् ।  त्यस्तो हेपाइ खाएर धनी बन्न भन्दा त बरु आफ्नै पौरखमा  गरीब भएर खान जाती । एउटा उखान छ नि  " अर्काको बुद्धिमा राजा हुन भन्दा आफ्ना बुद्धिमा काजी हुन बेस ।"

आडआधार पाइन्छ भनेर मेरो साथीले धनीकी छोरी बिहे गर्यो । अहिले उसलाई  श्रीमतीले हेपेको देखेको छु ।  विचरा अस्तित्व विहीन छ मेरो साथी । ऊ सरकारी अफिसको हाकिम हो तर पनि उसलाई  सन्तोष छैन । घरमा कहिल्यै ठाडो शिर हुँदैन उसको । सधैँ नुन खाएर झोक्राएको कुखुरा  जस्तै हुन्छ ।  कहिँ कतै परिवार लिएर घुम्न गएको थाहा नै छैन । त्यसको जस्तो मेरो काम हुन्थ्यो भने त म‌लै कहाँ कहाँ पो लैजान्थेँ  । कति खुशी हुन्थी मेरी श्रीमती । छोराछोरी त झनै खुशीले उफ्रन्थे ।

सोच्दा सोच्दै आफ्नो केही गरेर बस्छु भन्नू पनि अभिसाप जस्तै हो लाग्छ । आफुलाई पनि सरकारी कर्मचारी सरह बनेर हिँड्न मन लाग्छ । अबदेखि  बिदाका दिन त मरे काम गर्दिन भनेर कसम खान मन लाग्छ ।  जुरुक्क उठेर कम्प्युटर बन्द गरेर हिँड्न मात्रै  के लागेको थिएँ । म्यासेजको ट्याङग घण्टी बज्यो ।

म्यासेज हेर्दा चिरपरिचित महिला साथीको थियो ।  जहाँ लेखिएको थियो । " आज बिदा होइन  र ? " 
" हजुर हो नि । त्यही पनि केही काम  थियो र आएको हो " -- मैले भनेँ । 
" के गर्ने काम हो ? " - ठाडो प्रश्न सोधिन् । 
" अफिसको कृही काम थियो 
म रनभुल्ल पर्दै सोधेँ --- " हजुरको भनाइको तात्पर्य बुझिन नि । " 
" किन बुझ्नु हुन्थ्यो त नि ? हजुरलाई त खुब मस्ती छ है ? " आश्चर्य लाग्दो तरिकाले सोधिन् । 
मलाई के मस्ती छ र यो अफिसमा । फर्केर हेरेँ मेरो दिनचर्या र सोचेँ उनको भनाइलाई । कतैपनि तालमेल मिले झैँ लागेन ।  किन यसरी भन
   
आफ्नै सानोतिनो गरि खाने ठाउँ थियो त्यो अफिस । त्यसैले बिदा बन्द हड्ताल कहिल्यै नभए हुन्थ्यो झन् लागिरहन्थ्यो ।  आफ्नै पौरखमा केही गर्छु भन्नेलाई यी बन्द हड्ताल !

कथाः लेखिकाकाे ब्लगबाट साभार ।

तपाईँको मत