जीवनशैली

बच्चालाई स्वस्थ बनाउनु छ भने डाइटमा शामेल गर्नुहोस यी चिजहरू

  • २४ भदौ आइतबार, २०७५ | १२:४९:०० मा प्रकाशित
Live Science

काठमाडौँ । बच्चलाई पूर्ण पोषण मिलोस, यसको लागि आमा बुबाले कति जतन गर्नुहुन्छ । शक्तिवद्र्धक पेयदेखि लिएर अनेक परिकार पस्कनुहुन्छ । तर बच्चा त बच्चा नै हुन्छ । उन/उसलाई जंक फूडबाट बचाएर पौष्टिक चिज ख्वाउनु कुनै बच्चाको खेल होइन । बच्चालाई स्वस्थ राख्नको लागि आमा बुबा सुरुदेखि चिन्तामा रहन्छन् ताकि शारीरिक र मानसिक रुपमा कुनै दुःख उठाउनु नपरोस् । आज हामी तपाइँलाई केही टिप्सहरु बताउन गइरहेका छौँ ।

१. प्रोटिनले विकासमा सहयोग पुग्छ 
बच्चाको मांसपेशी र हड्डिको राम्ररी विकासको लागि प्रोटिनको जरुरी हुन्छ । केरा, दूध, अण्डा, दाल, माछा जस्ता कुराहरुको सेवन राम्रो हुन्छ ।

२. पानीको कमी नगर्नुहोस्
बच्चालाई तरल पदार्थ साथै पानीको कमी नगर्नुहोस् । मैसमी फल, स्याउ, अंगूर, अनार आदि महत्वपूर्ण छन् । 

३. क्यालोरी जरुरी छ
पाँच वर्षभन्दा बढी उमेरका बच्चाहरुलाई पूर्ण क्यालोरी चाहिन्छ । यो उमेरमा खेलसँगै पढाइको पनि दवाव उनीहरुमा हुन्छ । यसकारण क्यालोरीको लागि दूध, सातु, फल र हरियो सब्जि अपरिहार्य हुन्छ ।

४. भिटामिन र मिनरल्सको आवश्यकता
भिटामिन र मिनरल्सको लागि हरियो साग, फलफुल, ड्राई फुड्स आदिको आवश्यकता पर्छ ।

यी चिजहरुको समयमै ख्याल गरेर बच्चाको वृद्धिमा ध्यान दिनसके कोही बच्चामा शरीरको लागि अभावका चिजहरु हुने छैनन् र बच्चा बलिष्ठ पनि हुन्छ । एजेन्सी
 

तपाईँको मत